१३ बैशाख २०८१, बिहीबार

 

ब्लुतुथ सहितको स्कुटी बजारमा: बागलुङ भगवतीमा पाईन्छ भारी छुटमा बाईक–स्कुटी

टिभिएसको आधिकारिक विक्रेता बागलुङ भगवाती टेडर्सले दशैँ–तिहारको अवसरमा विशेष डिस्काउन्ट अफरसहित टिभिएसका मोटरसाईकल र स्कुटी विक्री गरिरहेको छ ।

दशैँ–तिहारको मौकामा बाईक तथा स्कुटीको खरिदमा भारी छुट अफर रहेको बागलुङ भगवती टे«डर्सका सञ्चालक मनोज खड्काले जानकारी दिए ।टिभिएसको अपाचि आरटिआर २००, अपाचि आरटिआर १६० र अपाचि आरटिआर १८० मोटरसाईकलमा नगद ७÷७ हजार रुपैयाँ छुट अफर रहेको छ ।

त्यस्तै टिभिएस वेगो र टिभिएस जुपिटर क्लासिक ११० स्कुटीमा पनि नगद ७÷७ हजार रुपैयाँ नै डिस्काउन्ट अफर रहेको खड्काले बताए ।
टिभिएसले बाईक र स्कुटर खरिद गर्ने जोकोहिलाई लक्की ड्रमार्फत एक दिनमा १ जनालाई एक लाख रुपैयाँ तथा एकै दिनमा १० जनालाई १० हजार रुपैयाँ प्राप्त गर्ने विशेष अफर समेत दिएको छ ।

टिभिएसले पहिलो पटक बजारमा ल्याएको १२५ सिसिको एन्ट्रक स्कुटरको मिटरमा व्लुतुथ कनेक्सन सिस्टम जडान गरिएको छ । यो सिस्टममा आफ्नो मोवाईल कनेक्सन गरेपछि फोन र म्यासेज आएको समेत स्कुटरको मिटरमा देखिने बागलुङ भगवती टे«डर्सका म्यानेजर कृष्ण थापाले जानकारी दिए ।

‘यो सिस्टम नयाँ र विशेष खालको छ,’ म्यानेजर थापाले भने, ‘सिस्टम अनुसार स्कुटरमा व्लुतुथ कनेक्सन गरेपछि अरुलाई स्कुटर चालाउन दिए पनि आफ्नो मोवाईलमा स्कुटरको स्पिड, लोकेशन जस्ता जानकारी सजिलै हेर्न सकिन्छ ।’ यो स्कुटरको बजार मुल्य २ लाख २४ हजार नौ सय रुपैयाँ रहेको थापाले बताए ।

बाईक र स्कुटर किस्ताबन्दीमा लिन सकिने सुविधा समेत छ । आधा रकम बुझाएपछि मासिक किस्ताबन्दीमा रकम भुक्तानी गर्न सकिने हुँदा सुरुमा आफुसँग थोरै रकम भएपनि बाईक चढ्ने सपना पुरा गर्न सकिने सुविधा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्