१३ बैशाख २०८१, बिहीबार

 

नेपाल भाषा मंकाः खलको संस्थागत विकास गर्न समाजसेवि श्रेष्ठले गरे १ लाख सहयोगको घोषणा

नेपाल भाषा मंकाः खल बागलुङको संस्थागत विकास तथा भाषा, कला र सँस्कृतिको संरक्षणको लागि समाजसेवि पुष्पामान श्रेष्ठले एक लाख रुपैयाँ आर्थिक सहयोग रकम प्रदान गर्ने घोषणा गरेका छन् ।

उनले मंकाः खलमार्फत यी काम गर्न सो रकम प्रदान गरेका नेपाल भाषा मंका ःखलका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले जानकारी दिए । ‘बागलुङको नेवार भाषा, कला र सँस्कृति संरक्षण तथा प्रचार–प्रसार गरि पहिचान स्थापित गर्न उहाँले हामीलाई यति ठूलो रकम प्रदान गर्नुभएको छ,’ अध्यक्ष राजभण्डारीले भने, ‘उहाँप्रति हामी आभारी छौँ ।’

राजभण्डारीले मंका खललाई संस्थागत रुपमा बलियो र आर्थिक रुपमा आत्मनिर्भर बनाउन संरक्षक सदस्य अभियान सुरु गर्न लागेको पुर्वसन्ध्यामा समाजसेवि श्रेष्ठले ठूलो रकम सहयोग प्रदान गरेर अभियानमा बलियो जग राखेका बताए । ‘हामीले आर्थिक संकलन तथा संरक्षक सदस्यता अभियान सञ्चालन गरेर सबैलाई जोड्ने र संस्थालाई बलियो बनाउने अवधारणा ल्याउने तयारी गरेका छौँ,’ राजभण्डारीले थपे, ‘अभियानको सुरु गर्ने पूर्वसन्दर्भमै उहाँबाट यतिठूलो रकम सहयोग हुनुले बलियो जग राखेको छ ।’

सहयोगदाता पुष्पमान श्रेष्ठले संस्थालाई आर्थिक रुपमा आत्मनिर्भर बनाएर मात्र नेपाल भाषा, कला तथा सँस्कृतिको संरक्षण हुने भएकाले यसैका लागि योगदान पुगोस भनेर आफुले सहयोग गरेको बताए । ‘समाजिक संस्थालाई बलियो बनाउन त्यसका सदस्य र समाजका अन्य व्यक्तित्वबाट सहयोग हुनु आवश्यक छ,’ श्रेष्ठले भने, ‘यसैका लागि मैले पनि केहि योगदान गरौँ भनेर सहयोग गर्ने ईच्छा व्यक्त गरेको हुँ, यस्तै सहयोगले मंका खल आत्मनिर्भर बन्न सक्छ ।’

सस्थालाई दश हजार आर्थिक सहयोग रकम प्रदान गरेर संरक्षक सदस्य बनाउने योजना ल्याउन लागेको मंका खलका कोषाध्यक्ष विदेश श्रेष्ठले बताए । ‘१०० जना नेवार सदस्यहरूलाई संरक्षक सदस्य बनाए १० लाख जम्मा गर्ने हाम्रो लक्ष्य छ,’ श्रेष्ठले भने, ‘आगामि कार्यसमिति बैठकबाट निर्णय गरेर यो अभियान तत्काल सुरु गछौँ ।’

श्रेष्ठले बागलुडको शिक्षा ,धर्म ,कला, संस्कृति र समाजको विकासमा महत्वपुर्णं योगदान दिएको छ । विद्यामन्दिर पुस्तकालयको अक्षय कोष निर्माण गर्न श्रेष्ठले योगदान गरेको पुस्तकालयका पुर्व अध्यक्ष हरिहर श्रेष्ठले नया विश्वलार्इृृ बताए ।राधाकृष्ण मन्दिर निर्माणदेखि पंचकोटको गण्डकी माताको मन्दिरसम्म श्रेष्ठ परिवारले दिल खोलेर सहयोग गरेको छ ।

पंचकोटमा गण्डकी माताको मन्दिर ६० लाखको लागतमा निर्माण भएको हो ।विद्यामन्दिर मावि पुर्णनिर्माण गर्नु पर्छ भन्ने विषयमा श्रेष्ठले शुरुदेखि रुचि लिएका थिए । विद्यामन्दिर माविको नया भवन निर्माण गर्न काठमाण्डौ उपत्यकाबाट बागलुडे र शिक्षाप्रेमीहरुर्सग ठुलो धन राशि उठाउने कार्यको पनि श्रेष्ठले साथीहरुको सहयोगमा नेतृत्व गरे ।विद्यामन्दिर माविमा अध्ययन गरेका श्रेष्ठ पहिले बागलुड बजार ,गलकोट र वुर्तिवाडमा शिक्षण पेशा पनि संलग्न थिए । अहिले पश्मिना उद्योगकाको विकासमा श्रेष्ठ लागि परेका छन ।श्रेष्ठ नया विश्व डटकम अनलाइन पत्रिकाको संस्था नागरिक संचार प्रालिका अध्यक्ष समेत हो ।

प्रतिक्रिया दिनुहोस्