१६ चैत्र २०८०, शुक्रबार

 

जावाले ल्यायो ३५० सिसीका दुई नयाँ बाईक, रोयल इनफिल्डरलाई चुनौती

काठमाडौं । जावा मोटरसाईकलले दुईवटा नयाँ बाईक बजारमा ल्याएको छ ।  जावा र जावा ४२ नाम दिइएका यी दुबै मोटरसाईकललाई स्टालिइस र पावरका आधारमा निकै गुणस्तरीय भएको दावी गरिएको छ ।

 

यो बाईक बजारमा आएसँगै रोयल इनफिल्डरको ३५० सिसीको बाईकलाई ठूलो चुनौती देखिएको छ । जावा मोटरसाईकलले जावा मोडलको मूल्य १.६४ लाख भारतीय रुपैयाँ (करिब २ लाख असी हजार नेपाली रुपैयाँ) राखिएको छ भने जावा ४२ को मूल्य यो भन्दा १५ हजार कम छ ।


जावा ३०० सिसीको रेट्रो स्टाइल्ड क्रूजर बाईक हो । जावा बाईकमा फ्यूल ट्यांकमाथि ड्यूल क्रोम फिनिश र फ्ल्याट सेडल दिइएको छ । जावा ४२ मा म्याट ब्ल्याक फिनिससँगै बढी शहरी लुक र मोडर्न थिम रहेको छ ।


दुबै बाइकमा २९३ सिसीको लिक्विड कूल्ड सिंगल सिलिण्डर इन्जन रहेको छ । यो इन्जन २७ एचपी (हर्सपावर) र २८ न्यूटन मिटरको टर्क उत्पन्न गर्छ । इन्जनलाई ६ स्पीड गियरबक्स ट्रान्समिशनले सजाइएको छ । कम्पनीले यो इन्जन बिएस ६ मानक अनुकुल रहेको दावी गरेको छ ।

नयाँ बाईको अगाडि टेलिस्कोपिक फोक्सै र रियरमा ग्यासबाट चार्ज हुने ट्विन शक अब्जर्बस दिइएको छ । अगाडि २५० मिमि डिस्क ब्रेक र रियरमा १५३ मिमी ड्रम बे्रक सेट अप दिइएको छ । नयाँ बाईक्समा सिंगल च्यानल एबीएस मिल्नेछ ।


नयाँ जावा बाइकको वजन १७० किलोग्राम रहेको छ । यसको सिटको उचाई ७६५ एमएम छ । जावा ाबईको विलवेस १३६९ एमएम दिइएको छ । यसमा १४ लिटर फ्यूल टैंक छ । बाईकलाई तीन रङको अप्सनमा लन्च गरिएको छ । कालो, गे्र र मरुन कलरमा यो किन्न सकिने छ ।


जावा ४२ बाइकमा भने हेली टियल, ग्यालेक्टीक ग्रीन, स्ट्रेट ब्लू, ल्यूमोस लाइम, नेबुला ब्ल्यू र कोमेट रेड कलरको विकल्प रहेको छ ।
जावाको अफिसियल वेभसाइटमा ५ हजार भारतीय रुपैया तिरेर यसको बुकिङ गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्