७ बैशाख २०८१, शुक्रबार

 

बुलेट भर्सेज जावा, कुन राम्रो ? हेर्नुस् विशेषता

काठमाडौं, मंसिर ६ । एक साताअघि टु–ह्वीलर निर्माता कम्पनी जावाले भारतीय बजारमा तीन मोटरसाइकल सार्वजनिक गरेको थियो । ४४ वर्षपछि चेक रिपब्लीकन कम्पनीको स्वामित्वनै भारतीय अटो टाइकुन आनन्द महिन्द्रले किनेर जावालाई संचालनमा ल्याएका हुन् ।

भारतीय बजारमा फर्किएको जावा कम्पनीले बजारमा ल्याएको मोटरसाइलको प्रत्यक्षरुपमा रोयल इनफिल्ड मोटरसाइकलसँग प्रतिस्पर्धा हुनेछ । यी दुई मोटरसाइकलमा दिइएका विशेषता यस्ता रहेका छन्-

इन्जिन

रोयल इनफिल्डको बुलेट बाइकमा सिङ्गल सिलिन्डर फोर–स्ट्रोक ट्वीन–स्पार्क एयरकुल्ड ३४६ सीसी इन्जिन लगाइएको छ । यसले १९.८ बीएचपी पावरकासाथै २८ एनएम–टर्क उत्पादन गर्छ । यसको इन्जिनमा फाइभ–स्पीड ट्रान्समिसन दिइएको छ ।

जावा मोटरसाइकलमा २९३ सीसी लिक्विड–कुल्ड सिङ्गल सिलिन्डर फोर–स्ट्रोक डीओएचसी इन्जिन दिइएको छ । यसले २७ बीएचपी पावरकासाथै २८ एनएम–टर्क उत्पादन गर्छ । यसको इन्जिनमा सिक्स–स्पीड गियरबक्स ट्रान्समिसन लगाइएको छ । इन्जिन पर्फमेन्सको हिसावले जावा पावरफुल देखिन्छ ।

डायमेन्सन

रोयल इनफिल्डमा १३७० मिलिमिटरको ह्वीलबेश लगाइएको छ भने सिटको उचाई ८०० मिलिमिटर रहेको छ । त्यस्तै, जावा मोटरसाइकलको ह्वीलबेश १३६९ मिलिमिटर रहेको छ भने सिटको उचाई ७६५ मिलिमिटर रहेको छ । उचाईमा रोयल इनफिल्ड बुलेट केही अग्लो देखिन्छ ।

ब्रेकिङ्ग फिचर

बुलेटको रियर र फ्रन्टको दुबैतर्फ ड्रम–ब्रेक्स लगाइएको छ । यसम एबीएसको विशेषता समेटिएको छैन तर, कम्पनीले आफ्ना सबै मोडलमा एबीएस दिन सुरु गरेको छ, संभवत अबको एक महिना भित्र यसमा पनि एबीएस सिस्टम दिइने छ ।

जावा मोटरसाइकलको फ्रन्टमा फ्लोटिङ्ग क्यालिपरकासाथै २८० मिलिमिटर डिस्क–ब्रेक लगाइएको छ । यसकासाथै मोटरसाइकलमा एबीएस विशेषता दिइएको छ । पछाडिको चक्कामा १५३ मिलिमिटरको ड्रम–ब्रेक लगाइएको छ ।

तौल

बुलेटको तौल १ सय ८३ किलोग्राम रहेको छ । यसमा १३.५ लिटर फ्यूल–ट्याङ्की रहेको छ । जावा मोटरसाइकलमा १४ लिटरको फ्यूल ट्याङ्की दिइएको छ । यसको तौल १७० किलोग्राम रहेको छ ।

तौलको हिसावमा करिब १३ केजी कम छ भने, फियुल ट्याङ्क क्षमता दुबैको झन्डै उस्तै रहेको छ ।

सन्पेन्सन

रोयल इन्फिल्ड बुलेटको फ्रन्टमा टेलिस्कोपिक हाइड्रोलिक–फोक्र्स र रियरमा ग्यासबाट चार्ज हुने ट्वीनशक–अब्जर्बस दिइएको छ । जावा मोटरसाइकलमा टेलिस्कोपिक हाइड्रोलिक–फर्क सस्पेन्सन लगाइएको छ । साथै, ट्वीन हाइड्रोलिक–शक–अब्जर्बस दिइएको छ ।

मूल्य

भारतीय बजारमा रोयल इन्फिल्ड बुलेटको मूल्य १ लाख ३४ हजार ६ सय ६७ रुपैयाँ रहेको छ भने जावा मोटरसाइकलको मूल्य १ लाख ६४ हजार भारु रहेको छ ।

नेपाल सम्बन्ध

नेपाली बजारमा रोयल इनफिल्ड बुलेटको बिक्री वितरण भइरहेको छ भने, जावा नेपाल आउने वा नआउने कुनै आधिकारीक जानकारी आएको छैन । तर, महिन्द्रले आफ्ना सबै उत्पादन नेपाली बजारमा बिक्री वितरण गर्दै आएकाले यो बाइक पनि नेपाल आउने कुरामा शंका छैन । मेरो अटोबाट

प्रतिक्रिया दिनुहोस्