१३ बैशाख २०८१, बिहीबार

 

टक शो:दयारामलाई नयाँविश्वको प्रश्न तपाई केका लागि अध्यक्ष बन्ने ?

उद्योगी व्यवसायीको साझा संस्था बागलुङ उद्योग वाणिज्य संघको आगामी नेतृत्वमा को आउला भन्ने चर्चाले बजार तातेको छ । यसको अन्तिम टुङ्गो त यहि मंसिर २१ र २२ गते हुने ५५ साधारण सभा तथा सत्रौँ महाधिवेशनले लगाउने छ ।

उम्मेदवारीको निस्चितताको लागि पनि मंसिर १४ गते हुने मनोनयन पर्खिनुपर्ने हुन्छ । तर वर्तमान वरिष्ठ उपाध्यक्ष युवराज राजभण्डारी र महासचिव दयाराम पौडेलले अध्यक्षमा चुनाव लड्ने घोषणा गरेका छन् । अध्यक्षका लागि यी दुईबीच प्रतिस्पर्धा हुने निस्चित जस्तै देखिएको छ । राजभण्डारी प्रातान्त्रिक र पौडेल वामपन्थी धारका व्यवसायी मानिन्छन् ।

मनोनयन दर्ता गर्न पाँच दिन बाँकी रहँदा आफ्नो प्यानल तयारी गर्ने, चुनावी रणनीति बनाउने र धेरै भन्दा धेरै मतदातालाई आफ्नो पक्षका तानेर नेतृत्व लिने सुरुमा दुवै जना देखिएका छन् । २२ गते हुने निर्वाचनका लागि आजीवन र साधारण सदस्य गरि ११६५ मतदाता छन् ।

सरल, भद्र र मिलनसार स्वभावका महासविच दयाराम पौडेल विगत १८ वर्षदेखि बागलुङ उद्योग वाणिज्य संघमा सक्रिय छन् । उनी उद्योगी व्यवसायीबीच पनि लोकप्रिय मानिन्छन् ।

नयाँविश्व टक शोमा आईपुगेका पौडेललाई पत्रकार कृष्ण कँडेलले तपाई केका लागि अध्यक्ष बन्ने ? भनेर सोधेका छन, हेरौँ उनको जवाफ उनकै आवाजमा ।

प्रतिक्रिया दिनुहोस्