७ बैशाख २०८१, शुक्रबार

 

टक शो: ‘स्वास्थ्य प्रयोगशाला सुरु गरेका छौँ’– तमानखोला गाउँपालिका अध्यक्ष बुढा

बागलुङका १० वटा स्थानीयतह मध्ये ताराखोला र तमानखोलालाई विशेष क्षेत्रको रुपमा परिभाषित गरेर गाउँपालिका बनाइएको थियो । ताराखोला तुलनात्मक सहज भूगोल र उत्पादनमुखी छ । तमानखोला अति जटिल प्रकारको भूगोल, शिक्षा, स्वास्थ्य, सडक र उत्पादनमा पनि पछाडि छ ।

यहि तमानखोला गाउँपालिका अध्यक्ष छन्, ३१ वर्षिय युवा जोकलाल बुढा । उनले स्थानीय साधन श्रोत, सीप र जनशक्ति परिचालन गरेर गाउँपालिकालाई समृद्ध बनाउने सोच राखेका छन् । सडक, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा पारेर नीति र बजेट बनाई काम अघि बढाएको बताउँछन्, उनी ।

नेपाल विद्यार्थी संघ र नेपाल मगर विद्यार्थी संघमा काम गरेर राजनीतिक र नेतृत्व सम्बन्धि अनुभव प्राप्त गरेका उनमा युवा जोश, काम गर्ने चाहना र आँट पनि देखिन्छ । गाउँलेको चाहना अनुसारको बिकास दिने दीर्घकालिन र अल्पकालिन योजना बनाउँदैमा आफू व्यस्त रहेको बनाउँछन् उनी । बोंगादोभान, खुंखानी र तमानलाई मिलाएर बनाइएको यो गाउ“पालिका सदरमुकामबाट धेरै टाढा पर्छ ।

गाउँपालिका क्षेत्रको भूगोल निकै विकट भएको बुढाको भनाई छ । ‘यति धेरै बिकट कर्णालीमा पनि छैनहोला जस्तो लाग्छ, यहाँ कागर्न धेरै अप्ठ्यारो छ तर पनि जनताका लागि बिकास पाएको अनुभूति दिन सकेजति पहल गर्छु,‘ बुढाले भने, ‘अहिले भर्खरै हामीले स्वाथ्य प्रयोगशाला सञ्चालनमा ल्याएका छौँ । सामान्य स्वास्थ्य जाँचको व्यवस्था गाउँपालिकामै गर्दा पनि नागरिकलाई धेरै सहज हुने लागेर स्वास्थ्य जाँच प्रयोगशाला सेवा सुरु गरिएको उनल बताए ।

उनले गाउँपालिकाभित्रका सबै वडामा स्वास्थ्य संस्था पुराएको बताए । त्यस्तै शिक्षा क्षेत्रमा सुधारका लागि भवन निर्माणको योजना सञ्चालनमा रहेको छ । विद्यालयहरुमा ३४ जना शिक्षक गाउँपालिकाले नियुक्त गरेको उनले बताए ।
प्रस्तुत छ, अध्यक्ष बुढासँग ‘नयाँविश्व टक शो’ मा कृष्ण कँडेलले गरेको सम्वाद ।

प्रतिक्रिया दिनुहोस्