८ बैशाख २०८१, शनिबार

 

नेपाल जेसीजको अध्यक्षमा पूर्वउपाध्यक्ष राजभण्डारीको उम्मेदवारी

नेपाल जेसीजका पूर्व उपाध्यक्ष सुदिप राजभण्डारीले नेपाल जेसीज वर्ष २०१९ का लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । नेपाल जेसीजको ४५ औँ राष्ट्रिय महाधिवेशनका लागि उनले उम्मेदवारी दर्ता गरेका हुन् ।

महाधिवेशन अगामी पुसको ७ गतेदेखि १० गतेसम्म जनकपुरमा हुँदैछ । उनी बागलुङ जेसीजका पूर्वअध्यक्ष समेत हुन् । राजभण्डारीले जेसीजलाई नेपालका युवाहरुको भरोसा योग्य संस्था बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको बताए । उम्मेदवारी दर्तापछि आफ्नो प्रचार अभियानलाई तिब्र रुपारेका राजभण्डारीले युवाहरुलाई व्यवसायी बन्न उत्प्रेरीत गर्दै नेपाल जेसीजको सचिवालयलाई व्यवस्थित र प्रविधि मैत्री बनाउने मुख्य लक्ष्य राखेका छन् ।

उनले लामो समयदेखि जेसीजमा रहेर अनुभव बटुल्ने अवसर पाएको भन्दै यो अनुभवलाई जेसिजको मूख्य नेतृत्वमै रहेर देशभर चलायमान बनाउने दृढता व्यक्त गरेका छन् । २००२ सालमा बागलुङ जेसीजको साधारण सदस्यता लिएका राजभण्डारी त्यसयता निरन्तर जेसीजमा आबद्ध रहेर काम गर्दै आएका सफल पात्र हुन् ।

उनलेसन २००५ मा शाखाको महासचिव, २००६ मा कार्यकारीणी उपाध्यक्ष र २०१० मा शाखाको अध्यक्षमा रहेर कुशल नेतृत्व गरिसकेका छन् । सोही कुशल नेतृत्वको प्रभावले उनी नेपाल जेसीजबाट उत्कृष्ट अध्यक्षको तारा अवार्डबाट पुरस्कृत समेत भएका थिए । उनलेसन २०११ मा राष्ट्रिय उपाध्यक्ष, २०१२ मा आइटी प्रोगाम कोअर्डिनेटर र २०१४ मा कानुनी सल्लाहकारको जिम्मेवारी बहन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्