१६ चैत्र २०८०, शुक्रबार

 

टक शो: ‘अहिले पनि संघीयताको खारेजी नै हाम्रो मूख्य मुद्धा’-जनमोर्चा अध्यक्ष थापा

राष्ट्रिय जनमोर्चा बागलुङको छैठौँ जिल्ला सम्मेलन यहि मंसिर २१ र २२ गते गलकोटको हटियामा हुँदैछ । सम्मेलनमा जिल्लाभरबाट ५ सय प्रतिनिधि तथा पर्यवेक्षक सहभागि हुने राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले जानकारी दिए ।

सम्मेलनले पाँचौ जिल्ला सम्मेलनदेखि अहिलेसम्मको पार्टीको काम, कार्यप्रगतिको समिक्षा र भावि योजना निर्मासँगै आगामी तीन वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने छ । संघीय संविधान निर्माण भएर देशमा संघीय संरचना कार्यान्वयनमा आएको छ । राष्ट्रिय जनमोर्चाका प्रतिनिधि संघीय सांसद् तथा प्रदेश सभामा सहभागि छन् । स्थानीय सरकारमा समेत नेतृत्व गर्दै संघीय संरचनाभित्र राज्य संचालनको अभ्यास गरिरहेकै छन् ।

तर जनमोर्चाले अझै पनि संघीयता खारेजीको माग छोडेको छैन । संघीयताकै कारण जनतामा करको भार थोपरिएको, अराजकता बढेको, बिखण्डनको समस्या देखिएको जनमोर्चाको ठहर छ । जिल्ला अध्यक्ष थापाले राष्ट्रिय जनमोर्चाको मूख्य मुद्धा अहिले पनि संघीयताको खारेजी रहेको बताएका छन् ।

राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीको गृहजिल्ला बागलुङको सम्मेलनलाई जनमोर्चाभित्र र बाहिरसमेत निकै चासोका साथ हेरिएको छ । नयाँ नेतृतव चयनको विषय पनि चर्चामै छ । विगत १० वर्षदेखि राष्ट्रिय जनमोर्चा बागलुङको नेतृत्वमा रहेका अमर थापा फेरि अध्यक्षमा दोहोरिन्छन् की ? नयाँ मान्छे नेतृत्वमा आउँछ भन्ने कुरामा पनि सबैको चासो छ ।

अध्यक्ष थापाले भने आफू दोहोरिने पक्षमा नरहेको तर सम्मेलनका प्रतिनिधिले नै नेतृत्वको अन्तिम फैसला गर्ने बताएका छन् । ‘अघिल्लो सम्मेलनमा पनि मलाई अध्यक्ष बन्नैपर्छ भन्ने ईच्छा थिएन । नयाँ साथी नेतृत्वमा आउनुपर्छ भन्ने नै थियो,’ थापाले भने, ‘यति लामो समयसम्म एउटै व्यक्ति नेतृत्वमा रहनु राम्रो होईन । अबको नेतृत्वको विषयमा पनि अन्तिम फैसला सम्मेलनका प्रतिनिधिले नै गर्नेछन् । जहाँसम्म म फेरि पनि अध्यक्ष बन्ने पक्षमा छैन ।’

प्रस्तुत छ, राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापासँग पार्टीको जिल्ला सम्मेलन, नयाँ नेतृत्व चयन, संघीय संरचनामा सत्ताको अभ्यास लगायतका समसामयिक विषयमा ‘नयाँविश्व टक शो’मा कृष्ण कँडेलले गरेको भिडियो सम्वाद ।

प्रतिक्रिया दिनुहोस्