१३ बैशाख २०८१, बिहीबार

 

३४ बर्षदेखि ‘कस्मेटिक’ व्यापार

भनिन्छ, मानिसको सुन्दरता उसको व्यवहार र मनमा हुन्छ, आवरणमा होइन । तर हामी आफ्नो आवरणको सुन्दरतालाई प्राथमिकता दिइरहेका हुन्छौं । विशेषगरी नारीहरु र आजका पुरुष पनि यसमा अलि बढी सौखिन र संम्वेदशिल छन् । आफ्नो रुपलाई लिएर अलि बढिनै चिन्तित र भावुक पनि ।

यहि मनोविज्ञानलाई व्यापारमा जोडेर मनग्य आम्दानी गरेका छन खलिल दिन मियाँले । बागलुङ नगरपालिका ३ किनारा टोलका उनले यही पेशालाई आफ्नो रोजी रोटीको पेशा बनाएको पनि ३४ बर्ष पुग्यो । उनको आफ्ना बाजे जिजूबाजेको पुख्यौली पेशा नै यही थियो ।

२०१५ सालमा खलिल मियाँका पिता डल्लू मियाँ पाल्पादेखि यहाँ व्यापार गर्न आएका थिए । त्यसपछि उनको यतै बसोबास हुन थाल्यो । गाउँ गाउँमा पुगेर व्यापार गर्थे । उनको होलसेल व्यापार थियो । उनको पिता यो क्षेत्रको चर्चित व्यापारी थिए । उनले लामो समय बागलुङ बजारको किनारा टोलमा रामकृष्ण राजभण्डारीको घरमा पसल राखे पछि उनले पुर्व योजना आयोगका अध्यक्ष मिनबहादुर श्रेष्ठको किराना टोलमा रहेको घर किनेर त्यहाँ पसल सारेका थिए ।

४ हजार ऋणमा व्यापार
बुबाको मृत्यपछि उनीहरुलाई जेठा दाई ईस्लामले संरक्षण गरेका थिए तर अचानक दाजुको मृत्युले उनीहरुको जीवनमा ठुलो आघात परयो ।संगै बसेको कान्छो भाईसंग पनि असमझदारी भएपछि अलग हुँदाको तितो अनुभव उनीहरुसंग छ । भाई पढाईमा अब्बल थिए ।यहि घटनापछि उनको पढाईमा बिराम लाग्यो । दाजुभाई मध्य कान्छोलाई पढाएर ठुलो मान्छे बनेको हेने इच्छा पुरा हुन सकेन ।

घरको आर्थिक स्थित बिग्रेपछि खलिल दिन मियाँले ४ हजार ऋणमा आफ्नो यही पुख्यौली पेशा सुरु गरे । २०४२ सालमा उनले कस्मेटिकको होलसेल व्यवसाय शुरु गरेका थिए । जतिबेला यो व्यवसाय मुश्लिम समुदायहरुले मात्रै गर्ने गर्थे । अहिले अरु जातीले यस व्यवसाय गर्न थालेपछि धेरै मुस्लिम व्यवसायीहरु यो व्यवसायबाट पलायन भएका छन । वनारस, दिल्ली, बुम्बईबाट समान खरिद गरी उनले धौलागिरीका विभिन्न भेगमा व्यापार गर्न पुग्थे ।


उनी हिडेरै बुत्र्तिवाङ, बोवाङ, ताराखोला, गलकोट, पाण्डवखानी, म्याग्दीको तातोपानी, दरवाङ, मुना, गलेश्वरसम्म पुग्ने गरेको बताउँछन् । त्यति बेलाको गाउँघरको मेलाहरुमा उनले लैजाने सृगारका सामानहरु मुख्य आकर्षणका वस्तु हुने गथ्र्यो ।
‘त्यतिबेला ५०–६० हजार भए दसौं भारी समान ल्याउन सकिन्थ्यो तर अहिले लाखले एक भारी आउँदैन’ उनले भने ।

५२ सालमा प्रेम विवाह
मियाँले २०५२ सालमा सरिफ वेगमसँग प्रेम विवाह गरे । त्यतिबेला वेगमको पनि बागलुङमा आफ्नै कस्मेटिक पसल थियो । जब प्रेम विवाह भयो त्यसपछि उनीहरुले लालीगुराँस चोकमा सेहनाज स्टोर्स पसल खोले । जहाबाट यी दम्पत्तीको सहयात्राको २४ वर्ष पुगेको छ । उनको व्यापारलाई श्रीमती वेगमले धेरै राम्रोसंग अगाडि बढाएकी छिन ।े तर अहिले उनीहरु पहिले जस्तो गाउँगाउँमा व्यापार गर्न जादैनन् ।


प्रतिस्पर्धा बढ्यो
व्यापारमा प्रतिस्पर्धा बढेको उनीहरु बताउँछन् । अहिले नाफा घट्यो, प्रतिस्पर्धा बढ्यो मियाँकी श्रीमती वेगमले भनिन् ।
भारतीय सामान विक्री गर्दा नाफा हुने गरेको उनीहरु बताउँछन् । पछिल्लो समयमा भारतीय प्रोडक्टको मार्केट नभएको उनीहरुको तर्क छ । हामीले अहिले थाइल्याण्ड, चाइनिज, कोरियन र नेपाली ब्राण्डेड समानहरु विक्री गर्ने गरेको छौं । अहिलेको बजारको माग पनि यसैमा बढी छ बेगमले भनिन् । उपभोक्ताहरु आजकल ब्राण्डेड सामान तर्फ आकर्षित भएका छन उनले अनुभव सुनाईन् ।


विगत सम्झदा आँशु
विगतमा आफूहरुले धेरै दुख गरेको उनीहरु बताउँछन् । विगतमा व्यवसायलाई स्थापित गर्नको लागि र छोराछोरीको पालनपोषण, शिक्षादिक्षाको लागि धेरै मेहनत गरेको उनीहरु सम्झन्छन् । ती कठोर मेहनतको दिनहरु सम्झदा आशुनै आउँने उनीहरु बताउछन् । मेहनत ,इमान्दारिता र निरन्तर कोशिसले उनीहरुलाई बागलुङ बजारको सफल व्यवसायीक दम्पत्तिको रुपमा स्थापित गरेको छ ।

अहिले यही व्यवसायबाट मियाँ दम्पत्ति चम्किएका छन् ।उनीहरुले बागलुङ बजारको किनारा टोलमा दुई घर बनाएका छन् । छोरीको विवाह गरि दिइ सकेका छन् भने उनीहरुले छोरालाई अष्ट्रेलिया पठाउने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्