१२ बैशाख २०८१, बुधबार

 

जगन्नाथ आचार्य : भगवानसँग मागेको छोरा

भगवानको बरदानका कारण आफू जन्मेको बताउने जगन्नाथ आचार्यका जिन्दगीको किस्सा हामीले खोतल्ने प्रयासमा थियौं। हामी उनी प्राचार्य रहेको विद्यामन्दिर माविमै पुगेर उनको जिन्दगीको कथा सुन्ने जमर्कोमा जुट्यौं । नयाँ विश्व अनलाइनका कार्यकारी सम्पादक मुकेश राजभण्डारी सहितको टोली त्यस स्थानमा पुग्दा उनी आफ्नै कार्यकक्षमा व्यस्त थिए । त्यतिबेला ४ बज्नै लागेको थियोे । विद्यार्थीहरु घर जानको लागि तयारीमा जुटिरहेका थिए ।

एकैछिनमा घण्टी बज्यो । साथीभाइहरु एक अर्कालाई हात हल्लाउदै विदा माग्दै घरको यात्रामा निस्के । त्यसपछि हामी उनै प्राचार्य आचार्यको पछि लाग्दै नवनिर्मित भवनको तेस्रो तलामा पुग्यौं । जहाँ प्राचार्यको लागि नयाँ अफिसको डेकोरेशन हुदै रहेछ ।
हामीले त्यहाँ उनको जीन्दगीको अन्तरङ्गहरु खोतल्ने प्रयास ग¥यौं । त्यसपछि गुरु जगन्नाथले आफ्नो जिन्दगीको संघर्ष विगत बेलिविस्तार लगाउन थाले ।

विस २०१६ बैशाख २६ मा जन्मिएका जगन्नाथ आचार्यको जिन्दगीको कुइनेटा खातल्ने जमर्को गरे । उनी भन्दा पहिलेका एक दाई र दिदीको मृत्यु भइसकेको रहेछ । पर्वतको जलजला गाउँपालिका धाइरिङका बासिन्दा रहेका उनको जन्मपूर्व नै उनले आफ्ना दाईदिदी गुमाइसकेका रहेछन् ।

सन्तान गुमाएकी आमाको पीडा कति मर्मस्पर्सी हुन्छ भन्ने कुरा पीडा भोग्ने ती आमालाई मात्रै थाहा होला । दुई सन्तान गुमाएकी ती आमा सन्तानको बर माग्न बागलुङ कालिकामा आइपुगिन । कालरात्रीको दिनमा रातभर जाग्रम बसेर सन्तानको बर मागिन् । त्यो पनि पहिलो सन्तान छोरा नै होस् भनेर…। त्यसपछि उनी गर्भमा बसेको र जन्म लिएको कथा सुनाए ।

उनको जन्मसँगै घरमा सन्तानको लहर नै लाग्यो । सन्तान गुमाएको पीडामा रहेकी ती आमाको मुहारमा एकपटक फेरि सन्तानको सुख प्राप्त भयो । जगन्नाथपछि दुई छोरा र एक छोरीले जन्म लिए । ती आमाको काखमा फेरी सन्तान रमाउन थाले ।
‘अभागीलाई सँधै पिरैपिर’ भनेझै फेरी ती आमाको सन्तान सुखमा दैव लाग्यो । साइला छोरा र छोरीलाई फेरि टिप्यो…।
जगन्नाथलाई बाबुआमाले निकै माया गरेर हुर्काए । कहिल्यै गाह्रो काम गराएनन् । सायद सन्तान गुमाएपछिको पहिलो सन्तान भएर पनि होला उनले धेरै माया पाए, पछि जन्मेका भाईहरुले कमै पाए होलान् ।

‘आमाले मलाई यति धेरै माया गर्नुहुन्थ्यो कि सायद सन्तान गुमाएको त्यो पीडाले पनि होला… मलाई पानीपँधेरो, वनजंगल, मेलापात जाँदा समेत सँगै लिएर जानुहुन्थ्यो । डोकोमा बोकेर, काखीमा च्यापेर होस् वा अन्य तरीकाले होस् आमा हरक्षण मलाई आफ्नै साथमा राख्नुहुन्थ्यो’ आचार्यले विगतको वालपनको स्मरण गर्दै हामीसँग त्यो बाल्याकालको पाना पल्टाए ।

शिक्षा दिक्षामा उनलाई कमी हुन दिएनन् । उपाध्याय बाहुन परिवारमा जन्मेकोले पनि हुनसक्छ उनलाई ठूलो पण्डित बनाउने बाउ आमाले सपना देखे । संस्कृत पढ्न आफूभन्दा ठूला दाजुहरु पहिलेबाट नै बागलुङमा आउने गरेको उनले सुनाए । त्यसपछि उनको संस्कृति पढने यात्रा शुरु भयो ।

पढाईमा उनी निकै अब्बल थिए । शुरुमै कक्षा तीनमा भर्ना भएका उनी विद्यालय टप (होल फस्ट) गरेपछि कक्षा फड्के र पाँचमा पुगे त्यसमा पनि टप भए र कक्षा फड्के । त्यसपछि उनी वेनीको गलेश्वर पुगे । गलेश्वर संस्कृत पाठशालाबाट उनी थप अध्ययनका लागि विस २०२८ वनारस पुगे ।

त्योभन्दा पहिले उनी बृन्दावन पुगेका थिए । त्यहाँ संस्कृत महाविद्यालयमा भर्ना भए । त्यहाँबाट संस्कृतमा उत्तरमध्यमा गरे । त्यसपछि शास्त्री पढेँ । जून विद्यालयमा पढ्थे त्यो विद्यालयका गुरुले उनलाई हरिद्वारसँगै जान भने । गुरुको आज्ञा पालना गर्दै उनी गुरुसँगै हरिद्वार पुगे । त्यहाँ पनि उनले राम्रो छवि बनाए ।

त्यहाँ पञ्चाती व्यवस्थापक समर्थक विद्यार्थीहरुको नेपाली छात्र संघ रहेछ । उनलाई त्यो मन परेनछ । त्यहाँ उनले बुद्धिमान राईलाई भेटे । उनको घर पूर्व २ नं रहेछ । उनी अन्धा रहेछन् । उनले जगन्नाथलाई बनारस सँगै जान आग्रह गरे ।

क्रमश…

प्रतिक्रिया दिनुहोस्