१६ चैत्र २०८०, शुक्रबार

 

गरिबी घटाउन बचत र उत्पादनमा जोड गरौ- शर्मा [भिडियो]

बागलुङ जिल्लाको सहकारी आन्दोलनलाई शसक्त बनाउँदै आएका चण्डीप्रसाद शर्मा पौडेल दुई कार्यकालको लागि बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिडेटको नेतृत्वमा पुगे ।

२०५६ सालमा एकता सहकारी संस्थाबाट जिल्लाको सहकारी आन्दोलनमा होमिएका पौडेल सिवाइसी सहकारीका संस्थापक अध्यक्ष समेत हुन् । ९४ सहकारी आवद्ध रहेको उक्त बागलुड बचत तथा सहकारी संघको नेतृत्वमा हालै सर्वसम्मत रुपमा चयन भएका पौडेलले जिल्लाको सहकारी आन्दोलनलाई उचाईमा पु¥याउन आफूले कुनै पनि कसर बाँकी नराख्ने बताए ।

सहकारीमैत्री समाज निर्माण गर्दै हरेक नागरिकसम्म सहकारीको पहुँच पु¥याउनको लागि आफूले कदम चाल्ने बताए । उनले सहकारीबारे जनचेतना जगाउनको लागि हरेक महिनाको दुई पटक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी रहेका छन ।

अहिले बागलुङ बजारमा ५ सयको हाराहारीमा युवायुवतीलाई सहकारीले रोजगारी दिन सफल भएको भन्दै उनले सहकारीलाई प्रभावकारी रुपमा अगाडी लैजान सके यसबाट राज्य र व्यक्ति दुवैले धेरै फाइदा लिन सक्ने बताए ।

उत्पादनमुखी सहकारी बनाउन आवश्यक

जिल्लामा रहेका सहकारीलाई बचत र ऋण लगानीमा मात्रै सिमित राख्न नहुने उनको तर्क छ । सहकारीलाई अब उत्पादनमुखी बनाउन आवश्यक रहेको भन्दै उनले भने अब सहकारी आन्दोलनलाई बचत र ऋणमा लगानीमा मात्र सिमित नराखि उत्पादनको संम्भावना बोकेको क्षेत्रमा लगानी गरेर नयाँ रोजगारी र स्थानीय उत्पादनलाई व्यवसायीकरण गर्न स्थानीय तहले कार्यक्रम ल्याएर साझेदारीमा काम गर्नु पर्ने विचार राखे ।

निसी गाउँपालिकाका ११ सहकारीलाई उत्पादनमैत्री बनाउनको लागि अभियान नै चलाएको छ, अब अन्य सहकारीले पनि सोही अनुसार सहकारीलाई उत्पादनमुखी बनाउनको लागि नीति बनाउन जरुरी छ त्यो भयो भने मात्र गरिवी घट्ने भएको हामी सबैले त्यता जोड दिनु पर्छ उनले भने ।

अक्षयकोषको स्थापना
सहकारी आन्दोलनमा टेवा पु¥याउनेहरुको सम्मानका लागि अक्षयकोषको स्थापना गर्ने उनले बताए । एक लाखसम्मको अक्षयकोषको स्थापना गरी विभिन्न क्षेत्रबाट सहकारी आन्दोलनलाई प्रभावकारी बनाउन भूमिका खेल्ने व्यक्तिहरुलाई सम्मान गर्ने उदेश्यका साथ आफूहरुले अक्षयकोषको स्थापना गरेको बताए ।

चार वर्षिय रणनीति
जिल्लाको सहकारीहरुको विकासको लागि जिल्ला सहकारी संघले ४ वर्षिय रणनीति तयार पारेको उनको तर्क छ । चार वर्षिय रणनीति तयार पारी सहकारी संघको १२ करोडको व्यालेन्स सिट तयार गर्ने गरी आफूहरु अगाडी बढेको उनले बताए । आफूहरुले जिल्ला सहकारी संघमा आवद्ध १८ सहकारीलाई पहिलो चरणमा जोखिममा आधारित साकोस सुपरिपेक्षण र दोस्रो चरणमा वुर्तिवाङका ८ सहकारीलाई उक्त अभियानमा सरिक गराएको बताए ।


सहकारीलाई अब ब्राण्डमा विकसित गरी अगाडी लैजानुपर्ने उनले बताए । सहकारीलाई ब्राण्डमा लैजाने सके त्यसबाट धेरै नै प्रभावकारी रुपमा सेवा प्रवाह गनै सकिने उनले बताए । सहकारीलाई ब्राण्डिङ गरेर अगाडी बढ्ने योजनाका साथ आफूहरु लागेको बताए । उनले उत्पादनमुखी सहकारी बनाउनको लागि आफूहरुले योजना बनाएको बताए ।

सहकारी पहुँचवालामा सिमित
सहकारी संघसंस्थाहरु पहुँचवालाहरुमा मात्रै समिति भएको भन्दै उनले आफ्नो सहकारी संघमा आवद्ध रहेका सहकारीलाई कम्तीमा पनि १० प्रतिशत गरिव, विपन्न वर्गका मानिसहरुलाई समेत शेयर सदस्यमा राख्नको लागि नीति तयार बनाएको बताए । गरिबीकोे रेखामुृनि भएकालाई बचत गर्ने बानी गराउन सके र आर्थिक बजारमा जोड्न सके गरिबी घटाउन सकिन्छ ।

मासिक एक मात्रै जम्मा गरे…
सरकारको बचतको राष्ट्रिय नीति अनुसार प्रत्येक व्यक्तिले मासिक एक सय रुपैयाँ मात्रै जम्मा गर्ने हो भने ५० वर्षमा त्यो ६० हजार हुने तर सहकारीले त्यो नीति लागू गरिदिए व्यक्तिले २५ लाख रुपैयाँ एकैपटक पाउन सक्ने उनले बताए । यदी त्यसो गरेको खण्डमा उक्त रकम आआफ्नो सहकारीमा राखे पनि बार्षिक २ लाख ५० हजार व्याज पाउन सक्ने र त्यो प्रत्येक महिनामा कुरा गर्दा २० हजार ८ सय ३३ रुपैयाँ भत्ता पाउने उनले बताए ।

तर नेपाली समाजमा अझै पनि भोलिको लागि बचत गर्नुपर्छ भन्ने बानीको विकास नभएका कारण नै नेपालीहरु पछि परेको बताए । उनले भने‘ मानिसहरु रक्सीको लागि पैसा जोहो गर्छ तर बचतको लागि कहिल्यै सोच्दैन’ त्यसैले त गरिबीले छोपेको हो ।

दुखसुखमा सहकारी
बचत तथा ऋणकर्ता, शेयरधनिहरुको हरेक सुखदुखमा सहकारी साथमा रहेको पौडेलले बताए । व्यक्तिका व्यक्तिगत घटना जन्म मृत्युमा समेत सहकारीले आफ्नो भूमिका निर्वाह गरेको भन्दै उनले सहकारीलाई नागरिकको हरेक समय साथमा हुनुपर्ने बताए । उनले सहकारीले ऋण दिने बचत गर्ने मात्रै होइन, व्यक्तिका घटनाहरुसँग पनि जोडिएर उसको हरेक सुखदुखमा साथ दिन सक्यो भने नै सहकारीको वास्तविक मर्म र योगदान पूरा हुने उनले बताए ।

५ सय जम्मा गरेपछि मात्रै मलाई जलाउ

पौडेलले आफू मरेपनि आफ्नो नाममा ५ सय रुपैयाँ सहकारीमा जम्मा गरेर मात्रै आफ्नो दाहसंस्कार गर्न भनेका छन् । बचतको बारेमा चेतना हुनुपर्छ । यसबारेमा सबैले बुझ्न जरुरी छ । यदि म मरे पनि मेरो खातामा ५ सय रुपैयाँ जम्मा गरेपछि मात्रै मेरो दाहसंस्कार गर्नु उनले भने ।

(नयाँ विश्वको टक शो कार्यक्रमको लागि कार्यकारी सम्पादक मुकेश राजभण्डारीले गरेको कुराकानीमा आधारित)

यो पनि पढ्नुहोस् :

 

प्रतिक्रिया दिनुहोस्