१५ चैत्र २०८०, बिहीबार

 

पृथ्वीनारायण शाहलाई आधुनिक चस्माले हेर्ने मुर्ख हुन् !

काठमाडौं, २७ पुस । आजकै दिन हो पृथ्वीनारायण शाहले खण्डित रुपमा रहेका ५२ वटा भन्दाबढि स-सना राज्यहरुलाई एकीकरण गरेर आधुनिक नेपाल निर्माण गरेको ।  आजको दिनमा आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहलाई लिएर नेपाली समाज विभक्त भएको देखिन्छ । तर यो आवश्यक होईन । यो त अनावश्यक किचलो हो । कुनैपनि परिवर्तमा केही क्षती हुन्छ । कम्जोर पक्षमाथि दबाबमा पर्छ । शक्तिशालीले दबाबउन खोज्छ । यो परिर्वतनको बिशेषता हो भन्दा अन्यथा हुँदैन ।

तथापी शाहको स्थानमा अरु कोही भएको भएपनि उसले नै आधुनिक नेपाल निमार्ताको उपमा पाउने थियो भन्ने कुरामा दुईमत नहोला । आजका मानिससँग इतिहासलाई हेर्ने आधुनिक चस्मा छ । इतिहासलाई आधुनिक चस्माले हेर्दा पक्कै पनि केही न केही कम्जोरी र अन्यायहरु देख्न सकिन्छ ।

यही कम्जोरीका कारण पृथ्वीनारायण शाहलाई बिबादमा तान्ने काम भएको छ । कतिले पृथ्वीनारायण शाहलाई निर्विकल्प युग पुरुष भन्छन् । केही पक्ष उनलाई गालि गर्नेमा उत्रेका देखिन्छन् । अर्को तर्फ राज्यले पनि उनको योग्दान, उनले उपनाइएको युद्ध कौशलको बारेमा सहि मुल्याङ्कन गर्न सकेको छैन् । अर्को अर्थमा भन्दा अध्ययन गर्न सकेको छैन् ।

आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको बारेमा अध्ययन गर्न नयाँ नेपालका शासकसँग समय छैन् । या त जान्दा पनि उनीहरुले यो काम गर्दैनन् । उल्टै कुनै सरकारले उनको जन्मदिनलाई एकता र मेलमिलापको रुपमा सार्वजनिक बिदा दिन्छ । अर्को सरकार आउछ र त्यसलाई बदर गर्छ । राज्यको यस प्रकारको व्यबहारले पृथ्वीनारायण शाहलाई बिबादमा तान्ने काम गरेको छ ।

को हुन पृथ्वीनारायण शाह ?

तत्कालीन गोरखा राज्यमा विसं १७७९ पुस २७ गते जन्मिएका शाह २० वर्षको उमेरमा राजा बनेका थिए । साना राज्यको एकीकरण अभियानमा लागेका शाहले काठमाडौं उपत्यकाका तीन राज्य सहित अन्य राज्यलाई एकीकरण गरेका थिए ।

उनको मृत्यु ५२ वर्षको उमेरमा नुवाकोटको देवीघाटमा भएको थियो । उनको योग्दानको बारेमा केही मानिसहरु एकमत छैनन् भने उनको मृत्युको कारणबारे इतिहासकारहरू एकमत छैनन् । कोही बाघको आक्रमणमा परेर मरे भन्छन् । कोहीले शरिरमा फोका निस्केर मरेका हुन भन्छन् ।

नेपाल एकीकरणको उद्देश्य लिएर राज्य विस्तारमा लागेका पृथ्वीनारायण शाहले विसं १८०१ आश्विन १५ गते नुवाकोट विजय गरेर उपत्यका प्रवेश गरेका थिए । उपत्यका रहेका मल्ल राजाहरूद्वारा शासित तीनवटा राज्यलाई आफ्नो राज्यमा मिलाउन सफल भए ।
त्यसअघि उनले आफ्नो ससुराली राज्य मकवानपुरलाई समेत आफ्नो राज्यमा मिलाइसकेका थिए । उपत्यका विजयको केही समयपछि नै शाहले आफ्ना पूर्वज द्रव्य शाहले विसं १६१६ सालमा गोर्खा राज्य स्थापना गर्दा कायम गरेको पश्चिमपट्टिको सीमा चेपे मर्स्याङ्दीपारि रहेका चौबीसे राज्यहरूमा आक्रमण गरे ।

अनाश्वयक बिबादमा तान्ने काम

पृथ्वी जयन्तीमा बिदा दिने वा नदिने भन्ने कुरा प्रमुख होईन । बरु उनको योगदानमाथि ठूलो अध्ययन र अनुसन्धान हुनुपर्ने हो । विसं १८७१ र १८७२ मा हामीले अङ्ग्रेजसँगको युद्धमा तीन खण्डमा एक खण्ड मुलुक गुमाउनु पर्यो । तर त्यसभन्दा धेरै अघि पृथ्वीनारायण शाह कसरी सफल भए ? त्यो युद्ध कौशलको बारेमा एक मिनेट सोच्ने र अध्ययन गर्ने फुर्सद छैन् ।

त्यसो भन्दैमा उनको स्तुतिगान गर्नुपर्छ भन्ने होइन । सत्य तथ्यको खोजी गरेर आगामी दिनलाई समेत शिक्षा दिनेगरी अध्ययन हुनुपर्छ भनेको हो । विसं १८२४ मा इस्ट इन्डिया कम्पनीले किन्लकको नेतृत्वमा पठाएको फौजलाई सिन्धुलीगढीमा कसरी हराए र विसं १८१९ मा मिर कासिमको फौजलाई हराउन कसरी सफल भए भन्नेबारे अध्ययन हुनै सकेको छैन ।

उनले ती दुवै फौजलाई हराउन नसकेको भए नेपाल अहिलेको अवस्थामा हुने थिएन । ती युद्ध जित्न उनी कुन कारणले सफल भए भन्ने अध्ययन गर्नेतर्फ हामी लाग्नुपर्ने हो ।

प्रतिक्रिया दिनुहोस्