६ बैशाख २०८१, बिहीबार

 

रायडाँडा बागलुङ नगरपालिकाकाे अर्को कर्णाली – वडा अध्यक्ष गौतम [भिडियोसहित]

बागलुड। बागलुङ नगरपालिका ११ रायडाँडा अर्को कर्णाली भएको त्यहाँका वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले बताएका छन् । भौगोलिक हिसाबले नगरपालिका भएपनि अति विकट क्षेत्रमा रायडाँडा रहेको भन्दै वडा अध्यक्ष गौतमले कर्णालीको संज्ञा दिएका हुन् ।

बागलुङ नगरपालिकाको १४ वटा वडा मध्य रायडाडा अर्को कर्णाली प्रदेश जस्तो भएको हुदाँ बिकास गर्न कठिनाई भएको उनको तर्क छ । धौलागिरि संचार क्लब बागलुङको १६ औ साक्षात्कार कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

जनजातीको बस्ती
रायडाँडा ५ सय ६० घरधुरी रहेको र विषेश गरी जनजातीको बस्ती रहेको क्षेत्र हो । भौगोलिक हिसाबले अति विकट क्षेत्र मानिएको सो क्षेत्रको विकास गर्नको लागि कठिन भएको विचार व्यक्त गरे ।

जमिन भिरालो र दक्षिण मोडामा फर्किएको भएका कारण पनि सडक संजालको विस्तार गर्न कठिन भएको वडा अध्यक्ष गौतमले बताए । तर आफूले सडक संजालमार्फत वडालाई नगरपालिकासँग जोड्नको लागि विशेष योजना तयार गरेको गौतमले बताए ।
वडालाई नगरपालिकाबाट विशेष बजेटको प्रस्ताव गर्नेदेखि प्रदेश सरकारसँग समेत विभिन्न योजनाहरुको माग गरी वडाको विकासको लागि आफू लागि परेको उनले बताए ।

खानीले भरिएको वडा
रायडाडामा फलाम खानी र तामा खानीको संभावना रहेको हुदाँ खानी तथा भुगर्भ विभागबाट संभाव्यता अध्ययन गर्ने गराउने काम अगाडि बढिरहेको वडा अध्यक्ष गौतमले बताए । उनले यहि महिनाभित्रै त्यहाँको खानीहरुको संभाव्यता अध्ययन गर्ने र उत्खनन्को सम्भवाना भए त्यसले समग्र नगरपालिकाको विकासमा टेवा पुग्ने उनको तर्क छ ।

‘यदि खानी उत्खनन हुनसकेको खण्डमा यसले वडालाइ मात्रै नभएर समग्र रूपमा नगरको समेत आर्थिक समृद्धि हुन्छ’ गौतमले बताए । रायडाँडा दक्षिण मोडामा फर्किएको भिरालो ठाउँ भएको र विहानदेखि बेलुका अबेरसम्म घाम लागिरहने हुनाले सौर्य उर्जाको विकास गर्न सकिने सम्भवना पनि छ उनले भने । यदी सौर्य उर्जाको विकास गर्न सक्ने हो र सौर्य प्लान स्थापना गर्ने हो भने वडाले नगरपालिकालाई पनि विद्युत पु¥याउने देखिन्छ । यसबाट वडामात्रै नभई नगरको समेत विकास हुने देखिन्छ वडा अध्यक्ष गौतमले भने ।

पूर्वधारमा जोड
वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, यातयात लगायतका विकासका पूर्वधारमा आफूले काम गरिरहेको उनको तर्क छ । बिद्यालय भवन समेत भूकम्पको कारणले क्षतबिक्षत भएको यसको पुनर्निर्माणको लागि समेत पहल भइरहेको गौतमले बताए । उक्त वडामा ७ वटा आधारभूत विद्यालय रहेका छन् ।

त्यस्तै एक घर एक धाराको नीति लागू गर्ने तयारीका साथ कामहरु भइरहेको बताए । बस्तीमाथि मुहान भएको ठाउँमा सोही अनुसार र बस्तीभन्दा तल मुहान र बस्ती माथि भएको ठाउँमा लिफ्ट योजनामार्फत् एक घर एक धाराको नीति लागू गर्ने योजनाका साथ आफू अगाडि बढेको उनले बताए ।

स्वास्थ्य क्षेत्रमा पनि आफूहरु ठूलै फड्को मारेको उनको दाबी छ । वडालाई सरसफाइयुक्त वडा घोषणा गर्ने तयारी भइरहेको र पूर्ण खोप सुनुश्चित वडा घोषणा भइसकेको उनले बताए ।

वडामा अझै पनि डेढ सयको हाराहारीमा काठका विद्युत पोल रहेको र त्यसलाई संम्वन्धित निकायसँग छलफल गरी हटाएर फलामको पोल हाल्ने तयारी भइरहेको उनले बताए ।रायडाडा साविकको १,२,३ रामटोलाबाट वडा कार्यालयसम्म सडक संजालले जाडिएको छ ।यस वस्तीका नागरिकहरु अवदेखि भकुण्डेबाट जानु पर्ने बाध्यताको अन्त्य भएको छ । भुकम्पले भत्काएको महाविद्याजन माविमा ८ कोठा २ करोडको लागत पुर्णनिर्माण प्राविधिकरणको सहयोगमा निर्माणाधिन छ ।

धौलागिरि संचार क्लब बागलुङका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रमको संचालन क्लबका सचिव प्रदीप पन्तले गरेका थिए ।

संचार क्लबले बागलुङ नगरपालिका सबै वडा अध्यक्षहरू स्थानीय तहका जनप्रतिनिधि संग स्थानीय तहमा भएको बिकास निर्माण लगायत बिषयमा साक्षात्कार कार्यक्रम गर्दै जाने कार्यक्रम रहेको क्लबका अध्यक्ष राजभण्डारीले बताए ।

भिडियाे

प्रतिक्रिया दिनुहोस्