६ बैशाख २०८१, बिहीबार

 

सन्तोषको १० वर्षे बैकिङ अनुभव : मेहनतले प्रगतिको शिखर चुमे

एनआइसी एसिया बैंक बागलुङका शाखा प्रबन्धक रहेका सन्तोष राज शर्मा बैकिङ क्षेत्रमा लागेको झण्डै १० वर्ष पुग्यो ।
शुरुमा काष्ठमण्डप बैकमा क्रेडिट शाखामा काम गरेका उनी त्यही बैंकको बेनी र पर्वत शाखामा काम गरे । उनको प्रोमोशन पनि भयो । उनी शाखा प्रबन्धका रुपमा पनि काम गर्ने अवसर पाए ।

बैकिङ क्षेत्रमा बामे चाल्न सिकाएको काष्ठमण्डप बैंकमा उनले तीन वर्ष विताए । त्यसपछि उनी ग्लोबल आइएमी बैंकमा छिरे । त्यहाँ उनले साढेँ तीन वर्ष काम गर्ने अवसर पाए ।

त्यसपछि उनी आफ्नै जिल्ला बागलुङमा एनआइसी एसिया बैंकको शाखा प्रबन्धकको रुपमा अहिले विगत २ वर्षदेखि काम गरिरहेका छन् । उनको घर यही बागलुङ नगरपालिका ४ पाखाथरमा हो । एनआइसी एसिया बैंकको शाखा खुलेसँगै उनी यसै बैंकमा लागेका छन् ।

मौकामा चौका
तीन बैंकमा अनुभव बटुलेका सन्तोष राजले आफ्नो करियरलाई अझ अगाडि बनाउने सोचका साथ यहाँसम्म आइपुगेको हामीसँग बताए । उनी भन्छन् ‘जीवनमा प्रगति गर्न जोखिम मोल्नै पर्छ, कुनै मौका आइहाले त्यसमा चुक्न हुदैन ।’

एनआइसीको ३० करोडको साँचो
एनआइसी एसिया बैंकमा स्थापना कालदेखि नै काम गरेका सन्तोष राजले अहिले बागलुङ शाखाबाट मात्रै ३० करोडको निक्षेप संकलन गरिसकेका छन् भने ५ हजार १ सय सेवाग्राहिहरुको खाता खोल्न भ्याएका छन् । दैनिक लाखौको कारोबार हुने उनको तर्क छ । एनआइसी एसिया बैंक अरु बैंक जस्तो होइन, हामी बैंक पनि हो साथी पनि हो त्यसैले हाम्रो सेवामा सेवाग्राही सन्तुष्ट हुनुहुन्छ उनले भने ।

पर्यटन, कृषि कर्जामा जोड
एनआइसी एसिया बागलुङ शाखाले बागलुङ जिल्लामा पर्यटन कर्जा, कृषि कर्जामा विशेष लगानी गरेको छ । बागलुङ जिल्ला पर्यटकीय क्षेत्रको हिसाबले पनि महत्वपूर्ण क्षेत्र हो र कृषिकाका हिसाबले पनि महत्वपूर्ण नै हो त्यसैले हामीले पर्यटन, कृषि क्षेत्रमा कर्जा प्रवाहमा अलि बढी नै जोड दिएका छौं उनले भने । त्यो बाहेक अन्य घर जग्गाकर्जा, अटोमोबाइनल कर्जा जस्ता अन्य कर्जाहरुमा पनि बैंकमार्फत लगानी भइरहेका छन् ।

अबको योजना
सन्तोष राजको अबको योजना भनेर यही नै भन्ने छैन । तर उनी आफू निरन्तर बैंकिङ क्षेत्रमा नै लागि रहने बताउँछन् । बैकिड क्षेत्रमा नयाँ नयाँ चुनौती र अवसरहरु आउछन ।मैले मेरो जिम्मेवारीलाई इमान्दारी पुर्वक पुरा गरेर थप अगाडि बढ्न चाहान्छु ।हरेक संस्थाले युवाहरुबाट केहि नयाँ सृजनशिल विकासको आशा गरेको हुन्छ म पनि एनआईसी एसिया बैंकलाई बागलुडमा सबै उपभोक्ताको आर्थिक भरोसाको केन्द्रं र साथी बनाउन लागि पर्ने छु ।

यो पनि पढ्नुहोस् :

 

प्रतिक्रिया दिनुहोस्