८ बैशाख २०८१, शनिबार

 

सबैको सहयोग भयो भने अंचल अस्पतालको मुहार फेर्न सकिन्छ– राना

बागलुङ । बागलुङमा रहेको अञ्चल अस्पतालको अध्यक्षमा केवी राना मगर चयन भएको तीन महिना पुग्यो । तीन महिनाको अवधिमा उनले अंचल अस्पताललाई परिर्वतन गर्नको लागि धेरै पापड बेले ।

म आउन भन्दा पहिले ११ जना अध्यक्ष फेरिए तर अंचल अस्पतालको दुरदशा भने कहिल्यै फेरिएन केवी राना मगरले भने । यदि अंचल अस्पताललाई आफ्नो घर सम्झेर अगाडिका अध्यक्षहरुले काम गरेको भए आज यो अवस्थाबाट अंचल अस्पताल गुर्जनुपर्ने थिएन उनले भने ।
म अंचल अस्पतालको अध्यक्षमा पदमा बस्नको लागि मात्रै चयन भएको होइन मेरो कार्यकालमा यो अस्पतालको विषम अवस्थालाई अन्त्य गरेरै छाड्ने अभियानमा जुटेको छु उनले भने ।

अस्पताल भनेको सधै सफा सुग्घर हुनुपर्छ । यहाँ धेरै थरिका रोगको विरामी र मानिसहरु आउँछन् तर पब्लिक ठाउँको वातावरण यति दुर्गन्धित थियो कि ती कुरै नगरौं । एक हिसाबले भन्ने हो भने अस्पताल अस्पताल जस्तो नै थिएन उनले भने ।

अहिले कमसे कम सरसफाइ दिनहुँ हुने गरेको छ । वरपरको झाँडी बडो मेहेनत गरेर हटायौं । वर्षाको बेलामा झाडीबाट सर्प समेत अस्पतालभित्र पस्ने गरेको मैले सुने । तर अब ती कुराहरुको अन्त्य भइसकेको छ राना मगरले भने ।

बाह्य वातवरणमात्रै होइन भित्र रहेका ल्याबको पनि अवस्था नाजुक थियो । सामाजिक कार्यमा लाग्ने मजस्ता मान्छेको लागि यो उचित थिएन त्यसैले म एक्सनमा उत्रिए उनले भने ।

अहिले आउट लुक राम्रो भएको छ अब भित्रि व्यवस्थापन गर्न बाँकी छ उनले भने । स्वास्थ्यकर्मी र कर्मचारीको व्यवस्थापन मुख्य काम छ ।

डाक्टरहरुको रमाना रोक
यहाँ त के परिपाटी रहेछ भने डाक्टरहरु आज आउँछन् हाजिर हुन्छन् भोलि आउँदैनन् । यसरी अंचल अस्पतालबाट नागरिकले कसरी सुविधा पाउन सक्छन् उनले भने । अंचल अस्पताल भनेको बागलुङको मात्रै होइन यो त धौलागिरीमा रहेका लाखौ नागरिकको स्वास्थ्य जीवनसँग जोडिने स्थान हो तर डाक्टरहरुको आउजाउले यहाँ राम्रो उपचार नागरिकले पाउन सकेका छैनन् । त्यसैले मैले कुनै पनि डाक्टरलाई सरुवाका लागि रमाना नदिन मेसुलाई भनेको छु । अब कोहि आउँदाको भोलिपल्ट नै जान पाउँदैन उनले भने ।

अस्पतालमा आवश्यक इकुमेन्टहरु छन् तर डाक्टरहरु नभएकै कारण नागरिकहरुले स्वास्थ्य उपचार पाउन सकेका छैनन् । राज्यले १४।१५ डाक्टरको दरबन्दी दिएको छ तर डाक्टर आउने जाने मात्र काम भइरहेको छ अब यस्तो पाराले हुँदैन उनले भने । अब आवश्यक कन्सन्सटेन्स पूत्र्ति हुन्छ र सोही अनुसारको उपचार सेवा नागरिकले पाउनेछन् । मैले भनेको छु इमान्दारीता निभाउनुहोस् ।

कानून राम्रो, कार्यान्वयन छैन
नेपालको संविधान दक्षिण एसियाकै उत्कृष्ट भनिन्छ तर कार्यान्वयनमा फितलो छ । कानून लागू नभएकै कारण अंचल अस्पतालको भवन ११ वर्षदेखि अलपत्र परेको छ । राजनीतिक स्वार्थका आडमा ठेक्कापट्टा हुन्छ अनि कहाँबाट कानून लागू हुन्छ । अंचल अस्पतालको अध्यक्ष बनेको छु तर अधिकार मसँग धेरै छैन तर पनि मैले विभिन्न सरोकारवाला निकायहरुसँग समन्वय गरेर ११ वर्षदेखि अस्पतालको भवन अलपत्र पार्ने ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्न र कानून बमोजिम कारवाही गर्न पहल गरेको छु उनले भने ।

ठेकेदारलाई भन्यो हामीलाई नभुन्नुहोस शहरी विकास तथा भवन निर्माण मन्त्रालयमा भन्नुहोस भन्छ उता भन्दा ठेकेदारलाई भन्नु भन्छ हामी चेपुवामा छौं हाम्रो हातमा कुनै पनि अधिकार छैन उनले भने । यस्तो अवस्थामा हामीले कसरी काम गर्नु ? काम गर्न जिम्मा दिएपछि अधिकार पनि त दिनुपर्यो नी उनले भने ।

सांसद जवाफदेही भएनन्
धौलागिरीबाट निर्वाचित जनप्रतिनिधी कुनै पनि जिम्मेवार नभएको उनको दुखेसो छ । हामीले बागलुङका सांसदहरुसँग पनि अन्तरक्रिया गर्यो । अंचल अस्पतालको स्थितिका बारेमा जानकारी गरायौं तर उहाँहरु जवाफदेही हुनुहुदैन उनले भने । यदी सांसद जवाफदेही भएको भए आज यस्तो दुरदशा अंचल अस्पतालको हुने थिएन ।

नेताहरुलाई हामीले जिम्मेवार बनाउन सकेका छैनौं । यसरी कसरी देशको विकास हुन्छ । धौलागिरी अंचल अस्पतालको अपन्त्व नेताहरुलाई हुन सके पो नागरिकले राम्रो सेवा पाउँछन् तर यहाँ त्यसो हुन सकेको छैन । उनले भने ।

आगामी योजना
अब अंचल अस्पतालको मुहार फेरेरै छाड्ने संकल्प लिएको छु । जबसम्म नैतिकता हामीमा हुँदैन तबसम्म केही हुन सक्दैन त्यसैले अब सरोकारवाला सबैसँग सामुहिक छलफल, जनसहभागीता मुलक अभियानबाटै यसको विकास सम्भव छ उनले भने ।

अंचल अस्पताल भनेको छ । सामान्य औषधी पनि नपाउने स्थिति छ । अब राज्यले निशुल्क किटान गरेका औषधी पाउने व्यवस्था मिलाउनेछु उनले भने । अहिले २५।३० प्रकारका औषधि निशुल्क पाइन्छ होला अब ७२ प्रकारकै औषधि पाउने व्यवस्थाको पहल थाल्छु उनले भने । हामीले रणनीतिक योजना बनाएर अस्पताललाई गुणस्तर कायम गर्न खाजेका छौं ।

स्थानीय तह र राज्यबाट अस्पताललाई चाहिने आवश्यक बजेट र जनशक्ति ल्याउन सके विद्यामान परिस्थितिमा सुधार गर्न सकिन्छ भन्ने हामीलाई आत्मा विश्वास छ । सेवाग्राहीले अनुभूति गर्ने गरिकन केहि परिर्वतनहरु गरेका छौं रानाले भने । हामीलाई सबैको सहयोग भयो भने धौलागिरी अंचल अस्पतालले मुहार फेर्नेछ । त्यो अभियानमा हामी लागेका छौं । अस्पताललाई अस्पताल जस्तो बनाउन सबैको सहयोग चाहिन्छ ।

यो पनि पढ्नुहोस् :

 

प्रतिक्रिया दिनुहोस्