६ बैशाख २०८१, बिहीबार

 

जैमिनी नगरपालिकामा रिङरोड बनाउँदैछौँ – मेयर पौडेल [भिडियो सहित]

बागलुङ । जैमिनी नगरपालिकाका मेयर इन्द्रराज पौडेलले जैमिनीमा अब रिङरोड बनाएर स्मार्ट सिटीका रुपमा विकास गर्ने आयोजना रहेको बताएका छन् । उनले एक मिटरसमेत बाटो पक्की नभएको अवस्थामा अबको पाँच वर्षभित्र आमूल परिर्वतन हुने गरी आफूले काम गर्ने उनले बताए ।

यही आवमा मात्रै कम्तिमा २ मिलोमिटर बाटो पक्की बनाउने योजना छ । मुख्य मुख्य सडक संजाललाई ढलान गरी पक्की बाटो बनाउने सपना छ उनले भने । नयाँ विश्वको टक शो कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

नगरपालिकाको शैक्षिक सुधारको लागि आफूले नवितम् काम गर्न लागेको समेत बताए ।शिक्षामा सुधार गरेर सिकाई उपलब्धी बढाउने र शिक्षकलाई जवाफदेहि र विद्यार्थीलाई अनुशासित बनाउने कार्यक्रम लागु गरेको नयाँ विश्वलाई बताए । मेयर पौडेलले नगरभित्र कोही पनि सुकुम्बासी नहोस् भन्नको लागि आफूले सर्वेक्षण गरी भूमिहिनलाई भूमि दिने गरी योजना समेत तयार पारेको बताए ।

यहाँको मुख्य पेशा भनेकै कृषि हो । कृषिलाई आधुनिकरण गरी स्वरोजगारमुलक कृषि उत्पादनमा जोड दिने गरी हामीले काम गरेका छौं । थोरै र धेरै उत्पादन गर्ने सक्ने परिवार ,समुह ,सहकारी वा उद्यमीलाई प्रोत्साहन स्वरुप अनुदानको व्यवस्था गरेर कृषि पेशालाई व्यवसायीकरण गर्ने र उत्पादित सामानको मुल्य सिधै किसानले पाउने व्यवस्था मिलाउन लागेका छौ ।

नगरपालिका अहिले यस्तो अवस्थामा छ कि अझसम्म एक मिटर बाटो पिच भएको छ्रैन तर हामीले संकल्प गरेका छौं पाँच वर्षभित्र नगरपालिकालाई नमूना बनाउँछौं उनले भने ।हामीले आप्रवासलाई रोक्न जैमिनी नगरपालिकामा सबै राजनैतिक शक्ति र जनताको सहयोगमा सडक ,स्वास्थ्य ,शिक्षा ,संचार ,कृषि ,पर्यटन ,जलश्रोत लगाएतको क्षेत्रलाई प्राथमिकता तोकेर लगानी गर्ने ,संम्भव भएसम्म लगानी आकर्षित गर्ने र प्रदेश र संघबाट आवश्यक बजेट ल्याउन पहल गरेर नयाँ जैमिनी दिन हामी लागि परेका छौ ।

हामीले मितव्ययी भएर सेवाग्रांहीलाई गुणस्तरीय सेवा दिन कोशिस गरेका छौ ।हाम्रो केही कमिकजोरी भए खबरदारी गर्न पनि हामी अनुरोध गछौ ।सबैको चाहाना फरक फरक छ । युवा ,महिला , किसान ,बुद्धिजीवि ,एकल महिला ,बालबालिका,जेष्ठ नागरिक ,भुपू सैनिक लगाएत विदेशमा भएको जनशक्तिलाई कसरी सम्वोधन गर्न सकिन्छ र उनीहरुसंग भएको ज्ञान ,सीप,क्षमता र शक्तिलाई जैमिनीको दिगो विकासमा प्रयोग गर्न चाहान्छौ ।

जैमिनीको विकासको लागि सबै एकजुट हुनुपर्ने उनको धारणा छ । थप नयाँ विश्व टक शो का लागि तयार पारिएको भिडियो हेर्नुहोस्

 

प्रतिक्रिया दिनुहोस्