१५ चैत्र २०८०, बिहीबार

 

कोपोमीस सम्वन्धी अभिमुखीकरण

नेपाल सरकार भुमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, सहकारी विभागको आर्थिक सहयोग, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनको आयोजना तथा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको संयोजनमा बुधबार बागलुङ बजारमा सहकारी तथा गरिवी व्यवस्थापन सुचना प्रणाली कोपोमीस सम्वन्धि १ दिने अभिमुखीकरण सम्पन्न भएको छ ।

नेपालको सहकारी तथा गरिबको अवस्थाबारे जानकारी राख्ने तथा सहकारी सम्वन्धि आधुनीक सूचना व्यवस्थापन प्रणालीलाई कार्यान्वयनमा ल्याउने उद्देश्यले नेपाल सरकार भुमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले कोपोमिस नामक अनलाईन सफ्टवयर सञ्चालनमा ल्याएको हो ।

कोपोमिस नामक सफट्वयरको बारेमा धौलागिरीका सहकारी संस्थाहरुलाई जानकारी गराउने उद्देश्यले जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङले संयोजन गरेको अभिमुखीकरण कार्यक्रमको उद्घाटन जैमीनी नगरपालीकाका प्रमुख ईन्द्रराज पौडेलले गरेका थिए ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतीथी पौडेलले सहकारी संस्थाहरु स्थानीय तहमा हस्तान्तरण भईसकेको लामो समय वितीसक्दा पनी स्थानीय तहमा सहकारी संस्थाहरु कसरी सञ्चालन गर्ने र सहकारी संस्थाहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय अन्योलमै रहेको बताएका थिए । उनले स्थानीय तहहरु कहिल्यै पनी सहकारीको प्रतिकुल हुन नहुने भन्दै सहकारी अनुकुल हु“दा सबै तहका सरकारहरुलाई आफुहरुले लिएको लक्ष्य पुरा गर्न सजिलो हुने भनाई राखेका थिए ।

कार्यक्रममा जिल्ला सहकारी संघ लि. बागलुङका अध्यक्ष दिपक गौतम, जिल्ला स्वास्थ्य सहकारी संघ लि. बागलुङका अध्यक्ष सीता शर्मा लगाएतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको उद्घाटन सत्र समापन गर्दै नेफ्स्कूनका सञ्चालक एवं जिल्ला बचत संघका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले सहकारी क्षेत्रमा हचुवाका भरमा प्रयोग हु“दै आएका सुचना तथा तथ्याङ्कहरु यो प्रविधि लागु भईसकेपछि नियमित, विश्वसनीय र वास्ताविक हुने विश्वास व्यक्त गरेका थिए ।

बागलुङ र पर्वतका सहकारी संस्था र स्थानीय तहका सहकारी हेर्ने कर्मचारीहरु गरी ८५ जनाको उपस्थित रहेको कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष पौडेलले गरेका थिए । कार्यक्रममा स्वागत संघका सचिव ऋषीराम गौतम र सञ्चालन नेफ्स्कुनका विभागिय प्रमुख गणेश तिमील्सीनाले गरेका थिए भने अभिमुखीकरण कार्यक्रमको सहजिकरण ई. अमुत बढासईनी, नेफ्स्कूनका सञ्चालक पौडेल र नेफ्स्कूनका विभागीय प्रमुख तिमील्सीनाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्