८ बैशाख २०८१, शनिबार

 

सामसुङले छिट्टै नै फोल्डेबल स्मार्टफोन ल्याउँदै

विश्व चर्चित स्मार्टफोन निर्माता कम्पनी सामसडले छिट्टै फोल्डेबल स्मार्टफोन बजार ल्याउँदैछ ।यो स्मार्टफोनले सुचना प्रविधिको क्षेत्रमा ठुलो परिवर्तन ल्याउने कम्पनीले जनाएको ।यस फोनको विशेषताको बारेमा आगामि फ्रेब्रअरीमा ग्यालेक्सी एस १० सार्वजनिक गर्ने बेलामा जानकारी दिने अनुमान गरिएको छ ।

फोल्ःडेबल स्क्रिन भएको स्मार्टफोनको नाम ग्यालेक्सी एफ हुनेछ । यसमा ८ जिबी रयाम तथा १२८ जिबी स्टोरेज क्षमता हुनेछ ।यो फोनमा एक्जीनोस १८२० वा क्वालकोम ८५५ प्रोसेसर रहेछ ।सामसुङको फोल्डेबल स्मार्टफोनमा ७।३ इन्चको स्क्रिन हुनेछ ।उक्त स्मार्टफोनको बजार मूल्य १८ सय अमेरिकी डलर हुनेछ ।

सामसुङको आगामी फोल्डेबल स्मार्टफोनको झलक एउटा भिडियोमा सार्वजनिक गरिएको छ । यो भिडियो सामसुङको ग्यालेक्सी एफको अफिसियल भिडियो भएको दाबी गरिएको छ । यो भिडियोमा सामसुङका अन्य प्रडक्टका अलावा फोल्डेबल स्मार्टफोनको विशेषताको बारेमा प्रचार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्