६ बैशाख २०८१, बिहीबार

 

कार्ल मार्क्सको चिहानमा तोडफोड

लन्डनस्थित कार्ल मार्क्सको चिहानमा तोडफोड भएको छ। अज्ञात समूहले हथौडाको सहायतामा माक्र्सको चिहानमा क्षति पुर्याएका हुन्।

माक्र्स अर्थशास्त्री, इतिहास जानकार, समाजशास्त्री तथा दार्शनिक थिए। कम्युनिजम दर्शन अर्थात् बामपन्थी विचारधाराका पिताका रुपमा माक्र्सलाई चिन्ने गरिन्छ।

उनको विचार र दर्शन विश्वका शक्तिशाली राष्ट्रहरुले पछ्याउँदै आएका छन्। सन् १८१८ मे ५ मा जर्मनीमा जन्मिएका माक्र्स आफ्नो क्रान्तिकारी विचार र अभिव्यक्तिका कारण देश छाडेर वेलायतको लन्डन पुगेका थिए।

१८८३ मार्च १४ मा लन्डनमा उनको निधन भएको थियो। उनको चिहानपनि लन्डनै निर्माण गरिएको थियो। १९५४ मा उनको सामान्य चिहानलाई स्मारकको रुपमा परिमार्जन गरिएको थियो।

तोडफोड भएपछि अब उक्त चिहान पहिलेजस्तै नहुने बताइएको छ। अधिकारीहरुले चिहानमा आक्रमण हुनु माक्र्सको दर्शनमा आक्रमण हुनु भएको बताएका छन्।

उक्त चिहान स्मारक हेर्नका लागि वर्षेनी दशौं हजार मानिसहरु आउने गरेको बताइएको छ। प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको र अनुसन्धान जारी राखेको जनाएको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्