१६ चैत्र २०८०, शुक्रबार

 

पर्वत समाज बेल्जियमले अनाथ बालबालिकाहरूलाई सहयोग गर्ने

साजन परियार– पर्वत समाज बल्जियमले असहाय र अनाथ बालबालिकाहरु प्रति चासो देखाएको छ । पर्वत जिल्लामा रहेका असहाय र अनाथ बालबालिकालाई लक्षित गरेर दश लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्ने भएको छ । संस्थाले असहाय बालबालिकालाई सहयोग गर्ने उद्देश्यले पहिलो चरणमा बिहादी गाउँपालिकामा रहेको अनाथालय लाई सहयोग गर्ने पर्वत समाज बल्जियमका अध्यक्ष झलक केसीले जानकारी दिनुभयो ।

संस्थाले फलेवास र कुश्मा नगरपालिका सहित जलजला, मोदी, महाशिला र पैयु गाउँपालिकाका अनाथ बालबालिकाहरूलाई पनि सहयोग गर्ने भएको छ । यसको उद्देश्य असहाय र अनाथ बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउनको लागि हो, पर्वत समाज बल्जियमका अध्यक्ष केसीले बताउनु भयो ।

जिल्लाका विभिन्न नगर र गाउँपालिकामा संचालित विद्यालयका पाँच देखी दश जनासम्म असहाय र अनाथ बालबालिकालाई स्थापना भएको अक्षयकोषवाट प्राप्त हुने ब्याज मार्फत बर्षनि रकम प्रदान गरिन्छ । पर्वत समाज बल्जियमले केही समय अगाडी अनाथ बालबालिकाहरूको सहयोगार्थ गर्ने उद्देश्यले बेल्जियममा बृहत् च्यारिटि कार्यक्रम गरिएको थियो । संस्थाका सल्लाहकार बालेन्द्र गुरुङको संयोजत्वमा गरिएको च्यारीटि कार्यक्रममा करीब दश लाख संकलन भएको थियो ।

सल्लाहकार कृष्ण तिवारीको संयोजत्वमा गठित स्थलगत अध्यायन टोलीले दिएको प्रतिवेदन माथि छलफलमा विहादी गाउँमा सबैभन्दा बढि असहाय र अनाथ बालबालिकाहरू रहेको गाउपालिकाको सिफारिस सहित प्राप्त भएको हुदा पहिलो चरणमा उक्त गाउँपालिकाको अनाथालय लाई सहयोग गर्ने निर्णय भएकोछ उक्त अनाथालयमा अठार जना बालबालिकाहरू रहेका छन ।

बेल्जियममा कर्मभूमि बनाई बिभिन्न पेशा ब्यबसाय गरि रहेका पर्बतेहरू एक जुट भई पर्बत समाज बेल्जियम मार्फÞत पर्बतमा स्वास्थ्य र शिक्षा लगायक हरेक सामाजिक कार्यहरूहरू गर्दै आईरहेका छन । यसै गरि पर्वत समाज बेल्जियमले जिल्लाका सवै स्थानिय तहमा दिर्घकालिन रुपमा अनाथ बालबालिकालाई सहयोग गर्ने अवधारण बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्