१३ बैशाख २०८१, बिहीबार

 

पर्वतको मोदीबेनीवाट २ सय बर्ष पुराना शालिग्राम चोरी

साजन परियार

पर्वत ५, फागुन ।

पर्वतको मोदीबेनीमा रहेका नृृसिँह मन्दिरमा संग्रह गरेर राखिएको शालिग्राम शिला चोरी भएका छन् । मन्दिरमा संग्रह गरेर राखिएका करिव २ सय वर्ष पुराना शालिग्राम शिला चोरी भएका हुन् । हिजो राती मन्दिरको मुल गेटको ताल्चा काटेर मन्दिरमा राखिएका ४२ वटा प्राचिन शालिग्राम शिला अज्ञात समूहले चोरेर लगेको नृसिँह मन्दिर संरक्षण समितिका अध्यक्ष गोपालदास पौडेलले जानकारी दिनुभयो ।

कालीगण्डकी नदी किनारमा पाईने शालिग्राम शिला उक्त मन्दिरमा संग्रह गरेर राखिएको थियो । विसं १८९० सालमा बनाइएको नृसिँह मन्दिरमा त्यतिबेला देखि नै शालिग्राम शिला राखिएको ईतिहाँस छ । मन्दिरमा एक सय ग्राम देखि पाँचसय ग्राम सम्मका साना– ठुला शालिग्राम शिला राखिएको थियो । पूजाआजाका लागि बिहान ४ बजे पुजारी टिकाराम बैरागीले ढोका खोल्न जाँदा ढोका खुल्ला देखेपछि चोरी भएको थाहा भएको हो ।

शालिग्राम शिलाभित्र सुन, हिरा जस्ता बहुमुल्य धातु भेटिने विश्वास गरिन्छ । शालिग्रामलाई हिन्दु धर्मावलम्वीले विष्णुको अवतारको रुपमा पनि पूजाआजा गर्छन् । भारतका विभिन्न शहरमा शालीग्राम शिला महंगो मुल्यमा बिक्री हुने गरेको छ । मंहगो मुल्यमा बिक्री हुने लोभले चोरले शिला चोरेको हुन सक्ने अनुमान गरिएको मोदीबेनी धामका अध्यक्ष केशवदास बैरागीले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले चोरी भएको स्थलको अवलोकनपछि प्रहरीले चोरी गर्नेको खोजी गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्