११ बैशाख २०८१, मंगलवार

 

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर अमलेखगंजको आयल निगम परिसरमा

प्रभु बैंकको एक्स्टेसन काउण्टर अमलेखगंजस्थित नेपाल आयल निगम लिमिटेडको परिसरमा संचालनमा आएको छ ।बारा जिल्लाको अमलेखगंजमा खुलेको एक्स्टेसन काउण्टरको उद्घाटन नेपाल आयल निगमका क्षेत्रीय प्रमुख प्रदिपकुमार यादवले बिहीबार एक समारोहकाबीच गरेको थियो ।

काउण्टर संचालनले पेट्रोलियम पदार्थको कारोबार गर्ने डिलर्सहरुलाई पेट्रोलियम पदार्थको कारोबार गर्न धेरै सजिलो हुने क्षेत्रीय प्रमुख यादवले बताउनु भयो ।उक्त कार्यक्रममा प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैंकले एक्स्टेन्सन काउण्टरले अमलेखगञ्जस्थित नेपाल आयल निगमको ईन्धन डिपोेसँग कारोबार गर्ने पेट्रोलियम व्यवसायीहरुलाई कारोबार गर्न सहज हुने र व्यवसायले नगद बोकेर आउनु पर्ने बाध्यताको अन्त भएको बताउनु भयो ।

प्रभु बैंकको जुनसुकै शाखा कार्र्यालयबाट नेपाल आयल निगम अमलेखगंज खातामा निःशुल्क रुपमा रकम जम्मा गरी पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवस्था बैंकले मिलाएकोले व्यवसायीहरुलाई कारोबार गर्न धेरै सहज हुनेछ ।प्रभु बैंकले काउण्टार संचालनमा ल्याएपछि यस क्षेत्रका सवैलाई बैकको पहुँचमा आउन सहयोग मिलेको छ ।

प्रतिक्रिया दिनुहोस्