१३ बैशाख २०८१, बिहीबार

 

कृषि पेशालाई आधुनिकरण गर्नुपर्छ– श्रेष्ठ

बागलुङ । कृषि पेशालाई आधुनिकरण गर्नुपर्नेमा उद्योग बाणिज्य सङ्घ नेपालका केन्दिय सदस्य निर्माण कुमार श्रेष्ठले जोड दिएका छन् ।

उनले कृषि तालिम तथा अवलोकन भ्रमण समिति गलकोट नगरपालिका १ दुदिलाभाटिको आयोजनामा सञ्चालन गरिएको एक हप्ते भ्रमण टोलिलाई बागलुङ उद्योग बाणिज्य सङ्घले आयोजना गरेको बिदाई कार्यत्रममा बोल्दै श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले कृषकहरूले उत्पादन गरेका कृषि उपजहरूलाई बजारिकरण गर्नका लागि बागलुङ उद्योग बाणिज्य सङ्घले सहजिकरण गर्ने भन्दै कृषिमा आधुनिकरण गरि अधिक उत्पादन गर्न कृषकहरुलाई आग्रह गरेका हुन् ।

सो अवसरमा भ्रमणको उद्देश्यका बिषयमा भ्रमण समितिका सचिव लाल बहादुर रानाले जानकारी गराएका थिए । सङ्घले कृषकहरूलाई टीका र खादा लगाएर बिदाई गरेको छ । कार्यत्रम सङ्घका अध्यक्ष युवराज राज भण्डारिको अध्यक्षतामा सम्पन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्