८ बैशाख २०८१, शनिबार

 

इस्कोनले बागलुङमा विशेष आध्यात्मिक साँझ कार्यक्रम गर्ने

- महारात्री नामक कार्यक्रममा १० देशका ३० जना अन्तर्राष्ट्रिय कलाकार बागलुङ आउँदै

नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ बागलुङ शाखाले शिवरात्रीको पावन अवसरमा आगामी फाल्गुन १५ गते बुधवार ‘‘महारात्री” नामक आध्यात्मिक साँझ कार्यक्रमको आयोजना गर्न लागेको छ ।नेपाली संस्कृती विदेशी प्रस्तुती मूल नारा रहेको कार्यक्रममा १० देशका ३० भन्दा बढी विदेशी कलाकारले नेपालको स्वदेशी संस्कृती, रामायण , महाभारत , शिवरात्री आदिमा आधारित नाटक तथा नृत्यहरु प्रस्तुत गर्नेछन ।

कार्यक्रममा राष्ट्रिय ख्यातीप्राप्त गायक थानेश्वर गौतम लगायतका कलाकारहरुको पनि प्रस्तुती रहनेछ  । राष्ट्रको समग्र विकासमा धर्म, संस्कार तथा संस्कृतीको पनि अहम भुमिका हुने तथा धार्मिक पर्यटनका माध्यमबाट समाजको सकरात्मक प्रगति हुने कुरालाई आत्मसाथ गर्दै इस्कोनले यो कार्यक्रम आयोजना गर्न लागेको शाखाका अध्यक्ष परमेश्वर अच्युत दासले बताए ।

कालिगण्डकी फिल्म हलमा सिमित सिट क्षमतामा गर्न लागिएको उक्त कार्यक्रममा भाग लिनलाई आयोजकलाई ९९८४६५८१२०९० सम्पर्क गरि आफ्नो सिट सुरक्षित गर्न आयोजकले अनुरोध गरेको छ ।  गैरनाफामुलक कार्यक्रम भएपनि आयोजना खर्च जुटाउन टिकटको प्रवन्ध गरिएको र अतिरिक्त रकम उठेमा सामाजिक कार्यमा खर्च गर्ने योजना रहेको पनि आयोजकले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्