१६ चैत्र २०८०, शुक्रबार

 

पोखरामा विज्ञान प्रविधि मेला हुँदै

पोखरामा हुन लागेको गण्डकी प्रदेश स्तरीय १० औँ क्यान इन्फोटेक मेला २०७५ को बारेमा पर्वतमा पत्रकार भेटघाट कार्यक्रम राखेर जानकारी गराईएको छ ।

कम्प्यूटर एसोसिएसन नेपाल महासंघ, बागलुङ आयोजनामा पत्रकार भेटघाट गरीएको हो भने मेलाको आयोजना कम्प्यूटर एसोसिएसन नेपाल महासंघ, कास्कीले आयोजना गरेको हो । आयोजकका अनुसार यही फागुनको १८ गतेदेखि २४ गतेसम्म पोखरामा मेलाको आयोजना गरिएको छ ।

कार्यक्रममा बोल्दै क्यान गण्डकी प्रदेशका अध्यक्ष चिन्तामणि बास्तोलाले मेला ब्यपारिक भन्दा पनि प्रबिधिको क्षेत्रमा आएका आधुनिक उपकरणहरुको प्रर्दर्शनी गर्नका लागि आयोजना गरिएको जानकारी गराउनुभयो । यद्यपी, मेलामा पुराना उपकरणको निशुल्क मर्मत गर्नुको साथै नयाँ उपकरणको किनबेच पनि हुने छ ।


यस्तै, क्यान कास्कीका अध्यक्ष यूवराज पौडेलले मेलाको नवौँ संस्करण सम्म जिल्ला स्तरीय मेला राखिएको भएपनि केन्द्रको निर्णय अनुसार यस पटकदेखि भने प्रदेश स्तरीय बनाईएको छ ।

मेलाका आकर्षणको रुपमा सूचना प्रबिधि प्रर्दशनी, प्रदेश स्तरीय टाईपिङ प्रतियोगिता, क्वीज कन्टेस्ट, ल्यापटप मर्मत तथा एक्सचेन्ज, आई.सी.टी. संग्रहालय प्रदर्शनी, मोबाईल गेमिङ, दृष्टि बिहीनहरुलाई निशुल्क तालिम लगायत रहेका छन् । मेलामा एक सय भन्दा बढी आई.सी.टी स्टलहरु राखिने छन् । इन्फोटेकबाट बचत भएको रकम पनि प्रबिधि विकासकै क्षेत्रमा लगानी गरिने पनि आयोजकले जनाएको छ । मेलामा २४ लाखको आम्दानी र २१ लाख खर्च हुने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्