६ बैशाख २०८१, बिहीबार

 

देशभर मेघगर्जनसहित वर्षाको सम्भावना, कहिले खुल्छ मौसम?

आज (बुधबार) काठमाडौं उपत्यकासहित देशभर मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेकाे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

मौसमविद् मञ्जु बासीका अनुसार आज काठमाडौं उपत्यकासहित देशभरजसो मेघगर्जनसहित वर्षा हुने अनुमान छ।

मेघगर्जनसहित वर्षा हुने भएकाले चट्याङको पनि खतरा छ। यसबाट सजग रहन मौसमविद् बासीकाे सुझाव छ।

उनका अनुसार पश्चिमी वायुको प्रभावले अहिले पूर्वी र पश्चिमी जिल्लाका उच्च पहाडी भूभागमा हिमपात तथा देशका धेरै ठाउँमा पानी परिरहेकाे छ।

माैसमविद् बासीले भनिन्, ‘पोखरा, नेपालगन्ज, भरतपुरमा अहिले पानी परिहेको छ भने जोमसोमलगायत हिमाली क्षेत्रमा हिमपात भइरहेको छ।’

मौसम पूर्वानुमान महाशाखाले भनेको छ- ‘बुधबार देशभर सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ। देशको पश्चिमी भूभागका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ। मध्य र पूर्वका अधिकांश स्थानमा हल्का वर्षाको संभावना छ। देशका उच्च हिमाली भू-भागहरूमा हल्कादेखि मध्यम हिमपात सम्भावना छ।’

माैसमविद् बासीका अनुसार भाेलि बिहीबारबाट माैसम खुल्ने सम्भावना छ। तर केही ठाउँमा हल्का वर्षाकाे सम्भावना भने छ। उनले भनिन्, ‘अहिले भएको मौसम बदली मंगलबार प्रवेश गरेको पश्चिमी वायुको प्रभाव हो भने पश्चिमी क्षेत्रमा पहिलेदेखिकै पुरानो प्रभाव छ।’

यस्तो छ- मौसम पूर्वानुमान महाशाखाले गरेको तीन दिनको मौसम अनुमानः

फागुन १५ गते (बुधबार)
दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ। देशको पश्चिमी भूभागका अधिकांश स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको संभावना छ। साथै मध्य र पूर्वका अधिकांश स्थानहहरूमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च हिमाली भू–भागहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

रातिः देशभर सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ। देशको अधिकांश स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च हिमाली भू-भागहरूमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना छ।

फागुन १६ गते (बिहीबार)
दिउँसोः देशको पूर्वि तथा मध्य भूभागलगायत पश्चिमि पहाडप् भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने देखिन्छ । देशको पूर्वी भूभागलगायत मध्य र पश्चिमि पहडाी भूभागका केही स्थानहरूमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ। छ। देशका उच्च हिमाली भूभागहरूमा हल्का हिमपातको सम्भावना छ।

रातिः देशको पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

फागुन १७ गते (शुक्रबार)
दिउँसोः देशको पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

रातिः देशको पश्चिमी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागगमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया दिनुहोस्