१३ बैशाख २०८१, बिहीबार

 

धौलागिरीका उपल्लो भागमा हिमपात, तल्लो भागमा बर्षा

धौलागिरीका बागलुङ, पर्वत, मुस्ताङ र म्याग्दीका उपल्लो भागमा बुधवार विहानैदेखि हिमपात भइरहेको छ भने तल्लो भागमा भारी बर्षा भइरहेको छ । यी क्षेत्रका माथिल्लो भेगका स्थानीयहरुले पाँचौ पटक हिउँ परिरहेको वताएका छन ।

तल्लो भेगमा भारी बर्षा भइरहेको स्थानीयको भनाई छ ।

बुर्तिबाङ हिडेका प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेल सहितको टोलीले विहानै घोडावाधे पुगेर हिउँ खेलेको तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेपछि अहिले ती फोटाहरु भाइरल भइरहेका छन ।

हिमपातका कारण माथिल्लो भेगको जनजीवन कष्टकर बनेको छ भने तल्लो भेगका स्थानीय पाँचौपक हिउँ खेल्ने भन्दै हिउँ परिरहेको क्षेत्रतिर हिडिरहेका हाम्रा स्थानीय संवाददाताहरुले वताएका छन ।

प्रतिक्रिया दिनुहोस्