१६ चैत्र २०८०, शुक्रबार

 

भारत–पाकिस्तानबीच हुने युद्धले समाधान गर्छ त ‘कश्मिर समस्या’ ?

एजेन्सी
फेब्रुअरी १४ मा भारत प्रशासित कश्मिरको पुलवा जिल्लामा अर्ध–सैनिक प्रहरी बल (सीआरपीएफ)को गाडीमा आत्मघाती आक्रमण भयो । आक्रमणमा ४० सीआरपीएफ जवानहरुको मृत्यु भयो ।

पाकिस्तानमा आधार रहेको जैश–ए–मोहम्मदले आक्रमणको जिम्मेवारी लियो । घटनालाई जुन तरिकाले भारतीय मिडिया र सामाजिक सञ्जालमा देखाइयो, त्यसबाट देशभरी आक्रोश र शोकको वातावरण बन्यो ।

राजधानीमा ल्याइएका जवानहरुको शवलाई भारतका प्रधानमन्त्री मोदीले श्रद्धाञ्जली दिएको दृश्य टीभीमा देखाइयो । यसले भारतीयहरुमा थप आक्रोश बढायो । यो आक्रोशले सरकारमाथि केही न केही गर्ने दबाब बढायो ।

भारतमा अहिले ‘रगतको बदला रगत’ र ‘मुखभरीको जवाफ’ उग्र रुपमा उठिरहेको छ ।

एक टीभी च्यानलले ४० जवानहरुको ज्यानको बदला ४००० पाकिस्तानीहरु अर्थात एक भारतीयको बदला १०० पाकिस्तानीहरुको ज्यान लिनुपर्ने माग गरिरहेको थियो ।

तर, यो सबबीच एउटा प्रश्न अत्यन्त महत्वपूर्ण बन्दै गएको छ । के भारत र पाकिस्तानबीच युद्ध जरुरी छ ? र, यदी युद्ध भएमा त्यसले पाकिस्तानभित्र रहेर उसको समर्थनमा भारतमा हुने उग्रवादी आक्रमणको समस्या समाधान हुन्छ ?

माहोल हेर्दा भारतद्वारा कुनै न कुनै प्रकारको सैन्य जवाफको सम्भावना निक्कै बढी छ । यसैबीचमा भारतीय वायु सेनाले पाकिस्तानको सीमाभित्र पसेर कारवाही गरेको समाचार पनि बाहिर आएको छ । पाकिस्तानमा रहेको ‘आतंकवादी ठेगाना’ लाई ध्वस्त पारेको उसको दाबी छ । आजकल हरक्षण टीभी च्यानलहरु त्यसैमा केन्द्रीत देखिन्छन् ।

आक्रमण भएमा पाकिस्तान पनि चुप बस्नेछैन

तर, के त्यसले पुलवामा आक्रमणपछि बनेको उत्तेजक वातावरणमा केही बदलाव हुनेछ ?

अर्को महत्वपूर्ण कुरा भारतद्वारा गरिने कुनै पनि सैन्य कारबाहीको जवाफमा पाकिस्तानले पनि प्रतिक्रिया गर्नेछ र त्यसले तनाव झन् बढाउनेछ ।

ध्यान दिनुपर्ने कुरा दुई देश परमाणु शक्ति सम्पन्न राष्ट्र हुन् । यसले गर्दा युद्ध सुरु भइहालेमा विश्व–समुदायलाई तत्काल हस्तक्षप गनुपर्ने अथवा कुनै खालको मध्यस्थता गर्नुपर्नेछ ।

तर, सैन्य कारबाहीले मुख्य समस्याको समाधान गर्दैन ।

गुप्तचर सूचनामात्रै होइन, बाह्य कयैन संकेतले जैश–ए–मोहम्मद र उजस्ता समूहलाई पाकिस्तानबाट संरक्षण प्राप्त छ भन्ने जग–जाहेर छ । यी संगठनहरु आजको दिनमा भारतीय कश्मिरका आक्रोशित युवाहरुलाई उनीहरुको उद्देश्यको लागि प्रयोग गर्न सफल भइरहेका छन् ।

इतिहास हेर्ने हो भने भारत सन् १९९० देखि पाकिस्तानको तर्फबाट छद्म युद्धको सामना गरिरहेको छ । उसले यो छद्म युद्ध उग्रवादीहरुमार्फत सञ्चालन गरिरहेको छ ।

पछिल्लो २५ वर्षमा भारतमा भएका उग्रवादी आक्रमणमा नजर लगाउँदा नै यो कुरा प्रष्ट हुन्छ । यसमा उलेख्नीय सन् २००१ डिसेम्बरमा भारतको संसदमा भएको आक्रमण सामेल छ । त्यो बाजपेयी सरकारको पालामा भएको थियो । यसपछि सन् २००८ नोभेम्बरमा मनमोहन सिंहको सरकारको पालामा मुम्बईमा उग्रवादी हमला भयो र अहिले आएर सन् २०१९ फेब्रुअरीमा पुलवामा आक्रमण भयो ।

कश्मिरीहरुको असन्तोषलाई उपयोग

लश्कर–ए–तोयबा र जैश–ए–मोहम्मदजस्ता उग्रवादी संगठनहरुलाई पाकिस्तानी गुप्तचर विभाग अर्थात आईएसआईले पोषित गर्ने गुप्चतर सुचना छन् ।

जैशले सबैभन्दा पहिले सन् २००० अप्रिलमा जम्मू र कश्मिरमा हमला गरेको थियो । त्यही समय श्रीनगरको भारतीय सेनाका १५ कोप्र्स मुख्यालयलाई निशाना बनाइएको थियो ।

निश्चित रुपमा पुलवामा आक्रमण एक भयावह र हिंस्रक कार्य हो । तर यो यस्तो खालको पहिलो उग्रवादी हमला होइन र वर्तमान स्थितिलाई हेर्दा यो अन्तिम पनि हुनेछैन ।

यसमा सबैभन्दा जिम्मेवार छ, जम्मू र कश्मिरको आन्तरिक समाजिक–राजनीतिक स्थिति । कश्मिरी युवाहरुको असन्तोष र आक्रोशका खबरहरु अपरिचत होइन । केही विखण्डनकारी काश्मिरी नेताहरुले सीमा पारीबाट आउने सहयोगलाई यो असन्तोषलाई उचाल्न प्रयोग गर्छन् ।

बुरहान वानीको घटनापछि कश्मिर उपत्यकाको अवस्था खराब भयो । अवस्था बिग्रेको कुरा त्यहाँ तैनाथ सुरक्षाबलमाथि ढुंगा हान्ने घटनामा वृद्धि भएको र सुरक्षा बलमा संलग्न कश्मिरीहरु छुट्टीमा आउँदा मारिएको अवस्थाबाट देखिन्छ ।

युद्ध भएमा नतिजा के हुनेछ ?

मोदी सरकारको लागि दुःखको कुरा भाजपा र महबूबा मुफ्तीको पीडीपी पार्टीबीच कायम गठबन्धनले पनि जम्मू कश्मीरको अवस्था अपेक्षाकृत परिणाम ल्याएन ।

हाल जम्मू–कश्मिरमा ‘गर्भनर शासन’ छ । राज्यका दुई प्रादेशिक पार्टीहरु पीडीपी र फारुक अब्दूल्लाको नेशनल कन्फ्रेन्स राजनीतिक समाधान खोज्नमा असक्षम ठहरिएका छन् । उनीहरु राज्यमा कायम असन्तोषलाई स्वीकार गर्छन् ।

भारत–पाकिस्तानबीच युद्ध भएमा जम्मू कश्मीरको अवस्था झन् खराब हुनेंछ । कुनै पनि खालको सैन्य कारबाहीले धनजनको क्षति मात्र हुनेछ । ठूलो संख्यामा सैनिक र आम सर्वसाधरणको ज्यान जानेछ ।

युद्ध सुरु भएमा पाकिस्तानले तीव्र रुपमा शत्रुतालाई बृद्धि गरिदिनेछ । यसपछि आर्थिक हमला हुने आशंका पनि नकार्न सकिदैंन ।

पाकिस्तानको सीमा नजिक गुजरातमा रहेको भारतको प्रमुख भारतीय पेट्रोलियम संयन्त्रको अवस्थिति हेर्दा यो संयन्त्रमा स्थायी नुकसान हुने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन ।

छोटोमा भन्दा युद्ध सुरु भएमा सो रक्तपातपूर्ण, महङ्गो र कहिले पूर्ति गर्न नसकिने मानव÷आर्थिक क्षतियुद्ध हुनेछ ।

र यदी पाकिस्तानसँगको युद्धमा यदी भारत विजयी भइहाल्यो भने पनि कश्मिर समस्या समाधान हुने छैन । बरु युद्धले पाकिस्तानको सेनाको स्थिति र भारत–विरोधी गुटलाई एक्कै ठाउँमा ल्याउनेछ ।

भारतसँग युद्धबाहेक के छन् पाकिस्तानविरुद्ध प्रयोग हुने विकल्प

तर यसको मतलब भारतसँग उग्रवादी हमला सहनु बाहेक अरु विकल्प नै छैन भन्न खोजिएको होइन ।

राजनीतिक हिसाबमा भारतसँग केही विकल्प र केही अनुकूल आर्थिक–वित्तिय परिस्थितिहरु छन् जसलाई अन्तर्राष्ट्रिय समुदायले स्वीकार गर्नेछ ।

हालै आतंकवादीहरुको आर्थिक सामर्थको समीक्षा गर्ने एफएटीएफ (फाइनेन्शियल एक्सन टास्क फोर्स)को पेरिसमा सम्पन्न बैठकमा पाकिस्तानलाई ‘ग्रे सूची’मा राखियो । यसले गर्दा अब पाकिस्तानलाई आईएमएफ अथवा विश्व बैंकबाट प्राप्त हुने ऋणमा प्रभावित हुनेछ । यो अभ्यास गर्न सकिने विकल्प हो ।

जहाँसम्म सैन्य क्षमताको कुरा छ भारतलाई आफ्नो समग्र गुप्तचर सयंन्त्रलाई थप मजबुद बनाउन आवश्यक छ । यसबारेमा सन् १९९९ को कारगिल युद्धपछि चर्चा चलिरहेको छ । तर अझै यसमा ध्यान गएको छैन ।

कुनै खालको गुप्तचर कारवाही हुन सक्ने कुरा छ तर त्यसलाई सार्वजनिक गरिहाल्नुपर्ने जरुरत छैन ।

भावि दिनमा हुने घटनाको विकासक्रम हेर्न बाँकी छ । छिट्टै लोकसभा चुनाव हुने समयतालिका छ । यसले पनि सरकारमा रहेको पार्टीले केही गरेर देखाउने कोशिस गर्नसक्छ । तर अहिलेलाई चुनावी फाइदाको लागि समग्र देशलाई युद्धमा झोसिदैन भन्ने आशा गरौँ ।

युद्धको ध्वंसात्मक असरबारे अमेरिकी पूर्व राष्ट्रपति जर्ज बुसले सुरु गराएको इराक युद्धलाई हेर्न सकिन्छ । यति लामो समयपछि पनि अमेरिका चाहेर पनि इराकबाट बाहिरिन सकेको छैन । अझ यसले पारेको आर्थिक, मानवीय र भूराजनीतिक क्षति अत्यन्त विशाल छ ।

–बीबीसी हिन्दी

प्रतिक्रिया दिनुहोस्