८ बैशाख २०८१, शनिबार

 

सन्दीपले दुई विकेट लिएपनि हार्‍यो लाहोर

१७ फागुन, काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम लाहोर कलन्दर्स पाकिस्तान सुपर लिग (पीएसएल) मा पराजित भएको छ ।

बिहीबार राति भएका खेलमा लाहोर कराँची किंग्ससँग पाँच विकेटले पराजित भएको हो । १३४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको कराँचीले १९.१ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

कराँचीका लागि लिम लिभिङस्टोनले ३८ र इफितिखर अहमदले अविजित ३३ रन बनाए ।

लाहोरका लागि सन्दीपले उत्कृष्ट बलिङ गर्दै दुई विकेट लिए । उनले आफ्नो चार ओभरमा १७ रन खर्चेर दुई विकेट लिएका थिए । उनले बाबर अजामलाई ११ र कोलिन मुनरोलाई १५ रनमा आउट गराउँदै लाहोरका लागि उत्कृष्ट सुरुवात दिलाएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लाहोरले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १३३ रन बनाएको थियो । लाहोरका लागि एबी डिभिलियर्सले ३३ र सोहिल अख्तरले अविजित २९ रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्