८ बैशाख २०८१, शनिबार

 

ग्लोबल आइएमई बैंकमा आगलागी

नारायणगढको शहीदचोकस्थित ग्लोबल आइएमई बैंकमा आज अपराह्न ३ बजे आगलागी भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागी विद्युत् चुहावट भएर भएको हो।

स्थानीयवासी र दमकलको सहयोगले अपराह्न ३ः३५ मा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगलागीबाट के कति क्षति भयो भन्ने वास्तविक विवरण आउन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्