१३ बैशाख २०८१, बिहीबार

 

हेलिकप्टर दुर्घटनामा परी निधन भएकाहरुप्रति आदर्श सञ्चारको श्रद्धाञ्जली

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी सहित हेलिकप्टर दुर्घटनामा परी निधन भएकाहरुप्रति आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले श्रद्धाञ्जली व्यक्त गरेको छ ।

संस्थाको बिहीवार सम्पन्न सञ्चालक समितिको वैठकले हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरुप्रति ऋद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको हो । देश चलाउने नेता, सुरक्षाकर्मी, कर्मचारी र व्यवसायीहरुको निधनले देशलाई अपुरणीय क्षति भएको भन्दै वैठकले दुर्घटना न्यूनिकरणका लागि सचेत गराएको छ ।

संस्थाका अध्यक्ष हुमाकुमारी जि.सी. (अञ्जु) को अध्यक्षतामा बसेको वैठकले हेलिकप्टर दुर्घटनाको छानविन गर्न गठित समितिलाई सत्य तथ्य पत्ता लगाई छिटो भन्दाछिटो सार्वजनिक गर्न समेत माग गरेको छ । साथै यस्ता खाले दुर्घटनाहरुको न्यूनिकरणका लागि सरकारले विशेष पहलकदमी गर्न संस्थाले ध्यानाकर्षण गराएको छ ।

तेह्रथुमको चुहानडाँडा विमानस्थलको निरीक्षणपछि पाथीभरा दर्शन गरेर त्यहाँबाट फर्कनेक्रममा हेलिकप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा परी मन्त्री अधिकारी सहित उडड्यन प्राविधिकरणका उपमहानिर्देशक बीरेन्द्र श्रेष्ठ, उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, ध्रुव भौछिभौया, विमान चालक प्रभाकर के.सी. र सुरक्षाकर्मी अर्जुन घिमिरेको निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस्