१३ बैशाख २०८१, बिहीबार

 

माैसम : मेघ गर्जनसहित वर्षा हुने

काठमाडौं । देशको पश्चिम, मध्यपश्चिम र पूर्वीय भागहरुमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसो नेपालका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको हुने संभावना रहेको छ । देशका उच्च पहाडी भुभागमा भने, हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, आइतबार देशका मध्य र पूर्वी भु-भागमा मौसम परिवर्तन हुने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम नेपालका थोरै स्थान र मध्य र पूर्वी भु भागका केही स्थानहरूमा मेघगर्जन सहितको वर्षा हुने सम्भावना छ । देशका उच्च हिमाली भु-भागहरूमा हिमपातको सम्भावना रहेको छ ।

सोमबार देशका धेरै जसो स्थानमा वर्षा र एक–दुई स्थानमा भने, मेघ गर्जनसहित वर्षा हुने संभावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्