७ बैशाख २०८१, शुक्रबार

 

प्रगतिशील लेख संघको अध्यक्षमा मनष्वी सर्वसम्मत

पर्वत । प्रगतिशील लेखक संघ नेपाल पर्वत शाखाको अध्यक्षमा किशोर मनष्वी सर्वसम्मत रुपमा चयन भएका छन् । शनिबार पर्वतमा बसेको जिल्ला भेलाले उनको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति गठन गरेको हो । संघको उपाध्यक्षमा विमल मायालु, सचिवमा यमप्रसाद पौडेल, सहसचिवमा आनन्द रिमाल, कोषाध्यक्षमा विष्णु सुवेदी चयन भएका हुन् । त्यस्तै सदस्यहरुमा दिनेश शर्मा पौडेल, जगदिश शर्मा पौडेल,संगिता सुवेदी, विक्रम ढुंगाना, महेन्द्र केसी, दिलिप पौडेल, परशुराम सुवेदी र बैगुण्ठ गिरी चयन भएका हुन् ।

जिल्ला भेलालले प्रदेश प्रतिनिधिमा दिनेश शर्मा पौडेल, संगिता सुवेदी, विक्रम ढुंगाना र यम प्रसाद शर्मालाई चयन गरेको छ । जिल्ला भेलाबाट केन्द्रिय प्रतिनिधिमा परशुराम सुवेदी, बैगुण्ठ गिरी र विमल शर्मा मायालुलाई सिफारिस गरेको छ ।त्यस्तै जिल्ला भेलाले सात सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । सल्लाहकार समितिमा पूर्वअध्यक्षहरुलाई राखिएको छ । संगीतश्रोता, बैगुण्ठप्रसाद भुषाल, गणेशकुमार जिसी, र्शैलेज पौडेल, राजेन्द्र पहाडी, इन्द्रमान खत्री, भूमिराज शर्मा र अर्जुन पौडेल निर्जन रहेका छन् ।

बन्दुकले होइन कलमले विश्व परिर्वतन गर्छ

जिल्ला समन्वय समितिका संयोजक मनोहर वि पौडलले बन्दुकले नभई विश्व कलमले परिर्वतन गर्ने बताएका छन् । प्रलेसको जिल्ला भेलाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले बन्दुकले विनास हुने तर कलमले विश्वलाई सकरात्मक परिर्वतन गर्न सक्ने बताएका हुन् । पौडेले लेखक, साहित्यकारहरुको लेखनबाट समाजको यथार्थ बोल्ने र त्यसले समाजको परिर्वतनको अगुवाई गर्ने बताए । उनले पछिल्लो समय साहित्यकारहरु पनि एक आपसमा पक्ष र प्रतिपक्षको रुपमा खडा भएको देख्दा दुख लागेको बताए । प्रगतिशिल लेखनबाट नै समाजको परिर्वतन हुने भएका कारण परिर्वतनकारी एक हुन आवश्यक रहेको उनले औलाए ।

विकासमा पक्ष र प्रतिपक्ष नबनाैँ 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा )का नेता मेघनाथ सुवेदीले विकास गर्न पक्ष र प्रतिपक्ष हुन आवश्यक नरहेको बताएका छन् । उनले सबै एक भएमा देशमा आमूल परिर्वतन हुने भन्दै विकासमा कोही पक्ष र प्रतिपक्ष हुन आवश्यक नरहेको बताए । पछिल्लो समयमा विरोधको नाउँमा विरोध हुने गरेको र यसले प्रगतिशील हुन नदिने भन्दै साहित्यकारसचेत रहन आग्रह गरेका हुन् । कार्यक्रममा राजेन्द्र पहाडी, इन्द्रमान खत्री, पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गणेश पौडेल, ओमप्रसाद घायल, भूमिराज शर्मा, वैगुण्ठ भुसाल, चिरञ्जिवी अधिकारी लगायतले आफ्नो धारणा राखेका थिए । प्रलेस जिल्ला शाखा पर्वतका अध्यक्ष अर्जुन पौडेल निर्जनको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत दिनेश शर्मा पौडेल र संचालन किशोर मनष्वीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्