७ बैशाख २०८१, शुक्रबार

 

सेनाका कृष्णलाई प्रधानसेनापति म्याराथुनको उपाधि

काठमाडौं । ‘प्रधानसेनापति म्याराथुन दौड २०७५ ’को उपाधि नेपाली सेनाकै कृष्ण बस्नेतले हाँसिल गरेका छन् । सेना दिवसको अवसर पारेर शनिबार भएको ४२ दलशमव १ ९५ किलो मिटरको दौड २ घण्टा ४१ मिनटमा पुरा गर्दै सेनानी कृष्ण बस्नेतले प्रधानसेनापति म्याराथुन दौडको उपाधि जितेका हुन ।

बिजेता बस्नेतलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले मेडल, कप, नगद १ लाख २५ हजार र पल्सर मोटर साइकलको साँचो हस्तान्तरण गर्नुभयो ।उक्त दौडमा राजन खत्री दोस्रो र नवराज साउद तेस्रो भएका थिए ।

त्यसैगरी २१ किलोमिटर महिला दौडमा चन्दा राउत प्रथम, विन्दा देसार दास्रो र आमविश्वर बुढा तेस्रो भएका थिए । त्यसैगरी नेपालस्थित विभिन्न कुटनीतिक नियोगका प्रतिनिधि सम्मेलित ५ किलोमिटर भेट्रान दौंडमा पहिलो भारतका सशांक शेखर, दोस्रो बेलायती राजदूत रिचार्ड मोरी र तेस्रो भारतका आर्क मुगाई विजयी भएका छन् । विजयी सबै धावकहरुलाई प्रधान सेनापति पूर्णचन्द्र थापाले पुरस्कार वितरण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्