१३ बैशाख २०८१, बिहीबार

 

गण्डकी प्रदेस फोटो पत्रकार महासंघ गठन

पोखरा । नेपाल फोटो पत्रकार महासंघ गण्डकी प्रदेस कमिटी गठन भएको छ । प्रदेश कमिति को अध्यक्षमा कास्कीका राम गुरूङ्ग चयन हुनुभएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा आईतबार भएको महासंघको प्रदेशस्तरीय भेलाले गुरूङ्गलाई संयोजकमा सर्वसम्मत चयन गरेको हो ।

नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय अध्यक्ष ध्रुव आलको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष सागर श्रेष्ठ, महासचिव हरि रेग्मी र केन्द्रीय सदस्य ईन्द्र पौडेलको उपस्थितिमा थियोे । कार्यक्रम महासंघका सचिव हरि रेग्मीको सञ्चालनमा सम्पन्न भएको हो । त्यसै गरि समितीमा उपाध्यक्ष मञ्जुल शाक्य ( बागलुङ सचिवमा कृष्णमणि बराल, (कास्की) कोषाध्यक्ष ओम लामा (कास्की) सहसचिव मीला दराई ( तनहुँ) र सदस्यहरु अमर बानीया( म्याग्दी), नवीन लामीछाने ( मनाङ) ,चयन भएका छन् ।

तस्बीर : मञ्जुल शाक्य

 

प्रतिक्रिया दिनुहोस्