१६ चैत्र २०८०, शुक्रबार

 

८ प्रतिशत बोनश सेयर प्रभु बैंकले वितरण गर्ने

काठमाडौं। प्रभु बैंकको वार्षिक साधारण सभाले ८ प्रतिशत शेयर वितरण गर्ने भएको छ ।बैंकको १७औं बार्षिक साधारणसभाले ८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साधारणसभाले संस्थापक समूह तर्फ कायम रहेको ६१।३१ प्रतिशत र सर्वसाधारण समूह तर्फ कायम रहेको ३८।६९ प्रतिशतको शेयर संरचना परिवर्तन गरी संस्थापक समुह तर्फ ५५ प्रतिशत र सर्वसाधारण समूह तर्फ ४५ प्रतिशत कायम गर्ने निर्णय पििरत गरेको छ । उक्त पारित प्रस्ताव अनुसार बनाउने गरी बैंकको जारी तथा चुक्ता पूँजीको संरचना परिवर्तन गरी बैंकको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्