१२ बैशाख २०८१, बुधबार

 

वान डे सिरिजः खाता नखोल्दै भारतले गुमायो पहिलो विकेट!

काठमाडौं, फागुन २१ । अष्ट्रेलिया विरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा भारतले खराब शुरुवात गरेको छ । उसले खाता नखोल्दै पहिलो ओभरको अन्तिम बलमै पहिलो विकेट गुमाएको छ । भारतले पहिलो विकेटका रुपमा रोहित शर्मालाई शून्य रनमा गुमाएको हो ।

उनलाई पहिलो ओभरको अन्तिम बलमा प्याट कमिन्सले क्याच आउट गराए । आज भारतले टस हारेर ब्याटिङको मौका पाएको छ । भारतले पाँच खेलको सिरिजमा १—० ले अग्रता लिएको छ । आज भारत आफ्नो जित यात्रालाई कायम गर्न चाहन्छ । यस्तै, अष्ट्रेलिया पहिलो जीतका लागि संघर्ष गर्दैछ । हेर्नुस् दुवै टिममा को–कोले पाए स्थान?

अष्ट्रेलिया टिमः आरोन फिंच (कप्तान), ग्लेन म्याक्सवेल, मार्कस स्टोनिस, उस्मान ख्वाजा, शन मार्स, पीटर ह्यान्सकम्ब, एलेक्स केरी, नाथल लायन, एम जाम्पा, नाथन कटरटर–नेल र पिट कमिन्स

भारतीय टिमः विराट कोहली (कप्तान), महेन्द्रसिंह धोनी, रोहित शर्मा, शिखर धवन, अम्बाती रायडू, केदार जाधब, विजय शंकर, रविन्द्र जेडजा, कुलदीप यादव, मोहम्मद सामी र जसप्रित बुमराह

प्रतिक्रिया दिनुहोस्