७ बैशाख २०८१, शुक्रबार

 

मंगलबार फेरि घट्यो सुनको भाउ

काठमाडाैं ।  बजारमा तेस्रो दिन मंगलबार फेरि सुनको मूल्य ५ सय रुपैयाँले नै घटेको छ। सोमबार प्रतितोला ६१ हजार ५ रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार ६१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । त्यस्तै, मंगलबार बजारमा फेरि चाँदी प्रतितोला १० रुपैयाँ नै घटेको छ । सोमबार चाँदी प्रतितोला ७६० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार फेरि ७५० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्