७ बैशाख २०८१, शुक्रबार

 

पेट्रोलको भुक्तानी ‘आइएमई पे’बाट

पोखरा । गण्डकी धौलागिरी अञ्चल अन्तर्गतका विभिन्न जिल्लाहरूमा संचालित पेट्रोल पम्पहरूमा अबदेखि पेट्रोलको भुक्तानी विद्युतीय कारोबार ‘आइएमई पे’ बाट गर्न सकिने भएको छ ।
मंगलवार पोखरामा आयोजित विशेष कार्यक्रमकाबीच सो सम्बन्धि सम्झौता पत्रमा ‘आइएमई पे’ का तर्फबाट आइएमई ग्रुपका जनसम्पर्क व्यवस्थापन प्रमुख राजु पौडेल र गण्डकी धौलागिरी पेट्रोलियम डिलरका तर्फबाट अध्यक्ष राजन गोंगजुले हस्ताक्षर गर्नुभएको हो ।

कार्यक्रमपछि संक्षिप्त मन्तब्य दिँदै पौडेलले यो सेवाबाट करिव ५४ वटा पेट्रोलपम्पबाट सेवालिने सेवाग्राही लाभान्वित हुने प्रतिक्रिया दिनुभयो ।

गण्डकी धौलागिरी पेट्रोलियम डिलर एसोसिएसनका अध्यक्ष गोंगजुले ‘आइएमई पे’ सँगको सहकार्यबाट पेट्रोलको भुक्तानी विद्युुतीय माध्यमबाट गर्न पाउँदा खुशी लागेको बताउनुभएकाे छ । सम्झौता हस्ताक्षर भएको दिनबाट दुई वर्षसम्म कायम हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्