१६ चैत्र २०८०, शुक्रबार

 

युरोपबाट फर्केर कुखुरापालन

बागलुङ। जिल्लाको बागलुङ नगरपालिका–४ कुडुलेका दुई युवाले बिदेशवाट फर्केर गाउँमै कुखुरापालन व्यवसाय सञ्चालनमा ल्याएका छन् । अर्काको दशेमा भनजस्तो नभएको भन्दै आफ्नै ठाउँमा व्यवसाय गर्ने सोच बनाएर गाउँ फर्केको कुडुलेका दुई युवाले ५० लाखको लगानीमा अण्डा उत्पादन गर्ने गरी लियर्स जातका कुखुरापालन व्यवसाय गर्नथालेका हुन ।

९ वर्ष शिक्षण पेशा गरेर ७ वर्ष युरोप बसेका ३८ वर्षिय डिल्लिप्रसाद सापकोटा र ५ वर्ष खाडी मुलुक कतार बसेर फर्कनुभएका ३३ वर्षका यामबहादुर के.सीले संयुक्तरुपमा अण्डा उत्पादनका लागि कुखुरापालन व्यवसाय शुरु गरेका हुन । पाँच महिना अगाडि व्यवसायीकरुपमा कुखुरापालन शुरु गरेका युवाले हालै कुखुराबाट अण्डा उत्पादन हुन थालेको बताए छन् ।

‘पैसा कमाउन धेरै ठाउँमा पुगियो, युरोपका पाँच देश पुग्दा समेत सन्तुष्ट हुन सकिन,’ डिल्लि प्रसाद सापकोटाले भने ‘विदेशमा गर्ने दुःख स्वदेशमानै गर्ने इच्छाले गाउँमै कुखुरापालन थाले ।’ सापकोटाले युरोप जानुअघी ९ वर्ष शिक्षण पेशा समेत गरेका थिए । सापकोटाले अर्काको लैलैमा लागेर विदेश पुगेकोमा पछुतो मान्दै कुखुरापालन व्यवसाय गर्न थालेको बताउछन् । उनले विदेशमा गर्ने दुःख स्वदेशमानै गर्ने सोचका साथ विदेश त्यागेको सुनाए ।

‘अर्काको देशमा मालिकको आदेश खेप्न भन्दा आफ्नै देशमा मालिक र कामदार आफै बन्ने रहर जागेर स्वदेश फर्केको हु,’ अर्का व्यवसायी याम बहादुर के.सीले भने,‘स्वदेशमानै गरेको लगानी खेर जान्न भन्ने अपेक्षा राखेर अण्डा उत्पादन व्यवसाय गर्न आए ।’ के.सीले बिदेशमा गर्ने मेहनतले स्वदेशमानै आम्दानी गर्न सकिन्छ भन्ने अठोटका साथ अण्डा उत्पादनका लागि कुखुरापालन थालेकाे बताए ।

५० लाख लगानीमा अण्डा उत्पादन गर्नका लागि थालिएको कुखुरापालन फर्मममा अहिले दुई हजार ५०० लियर्स जातका कुखुरा रहेका छन् । कुखुराबाट अहिले दैनिक एक हजार ८०० अण्डा उत्पादन हुने गरेको सापकोटाकाे भनाइ छ । ‘हामिले लगानी थप्दै गएका छौं,’ सापकोटाले भने ‘आगामी वर्ष ५ हजार कुखुरा पालन गरी दैनिक ५ हजार अण्डा उत्पादन गर्ने लक्ष्य छ ।’ अहिले दुई युवाहरुको दैनिकी कुखुरालाई दाना पानी तथा हेरचाहमानै वित्नेगरेको छ ।

भर्खरबाट अण्डा उत्पादन शुरुभएको कुखुरा फर्मको बजारीकरण गर्नलाई ३५ लाखको लागतमा एउटा जीप समेत खरिद गरिएको छ । उत्पादन भएको अण्डालाई नजिकैको बागलुङ बजार, कुस्मा, म्याग्दी तथा गलकोट सम्म आफ्नै जीप मार्फत बेच्न शुरु गरिएको दुइ युवा बताउछन् ।

गाउँमै ब्यवसायी बन्ने सोचका साथ एक रोपनी आफ्नै र एक रोपनी जग्गा भाडामा लिएर कुखुरा पालन व्यवसाय सञ्चालन गरेको दुई युवाले भाडामा ल्याएको जग्गाको वार्षिक २५ हजार तिर्दै आएका छन् । दिनको ५ हजार अण्डा उत्पादन गर्न सकेमा मासिक १२ लाख आम्दानी गर्न सक्ने दुई युवाको अनुमान रहेको छ । विदेशमा गएर खेरफालेको समय स्वदेशमानै उपयोग गर्न नपाएको दुई युावले पछुताउदै अरु युवालाई पनि स्वदेशमानै नयाँ व्यवसाय गर्ने सुझाव दिनुहुन्छ । विदेशमा गरेको दुःख स्वदेशमा घरपरिवार संगै गर्दापनि रमाउन सकिदोरहेछ भन्ने महशुस हुन थालेको कुखुरापालक के. सी.ले बताउछन् ।

प्रतिक्रिया दिनुहोस्