१२ बैशाख २०८१, बुधबार

 

म्यानचेस्टर युनाइटेडको खेल हेर्न पुगिन श्रृंखला पेरिस

काठमाडौं । मिस नेपाल श्रृंखला खतिवडा च्याम्पियनस लिगको राउण्ड अफ सिक्स्टीन अन्तर्गत हिजो राति भएको म्यानचेस्टर युनाइटेडको खेल हेर्न पेरिस पुगेकी छन्। खेल हेर्ने अवसर मिलाइदिएकोमा फ्रान्स एम्बेसी प्रति आभारी भएको आफ्नो इन्स्टाग्राममा लेखेकि छन्। उनले म्यानचेस्टर युनाइटेडका भुतपुर्व म्यानेजर सर एलेक्स फर्गसन, खेलाडी पउल पोग्बा लगायत अन्य सँग खेल हेर्दा खिचिएका फोटो र भिडियोहरु आफ्नो इन्स्टाग्राममा पोष्ट गरेकी छिन् । हिजोको खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी)लाई ३–१ ले पराजित गर्दै म्यानचेस्टर युनाइटेड विजयी भएको छ।

 

पिएसजीको घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले खेल सुरु भएको २ मिनेटमा नै लुकाकुको गोलबाट अग्रता लिएको थियो। खेलको १२ औं मिनेटमा पिएसजीका तर्फबाट एमबाप्पेको पासमा बेनर्टले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। त्यसपछि खेलको ३० औं मिनेटमा पुनः लुकाकुले व्यक्तिगत दोश्रो गोल गर्दै खेलमा युनाइटेडको अग्रता कायम गरेका थिए ।

युनाइटेडका डिओगो डालोटले प्रहार गरेको बल पिएसजीका प्रेसनेएल किमपेम्बेको हातमा लागेपछि भिएआरको सहायतामा युनाइटेडले पेनाल्टी पायो । इन्जुरी समयको चौथो मिनेटमा युनाइटेडका रासफोर्डले पेनाल्टीमा सुन्दर गोल गरे र युनइटेडलाई दोस्रो लेगमा ३–१ जित मात्र नभई समग्रमा ३–३ को बराबरी र अवे गोलका आधारमा अघिल्लो चरणको यात्रा पनि सुनिश्चित गरे ।

प्रतिक्रिया दिनुहोस्