१२ बैशाख २०८१, बुधबार

 

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा बागलुडमा बृहत र्याली

बागलुड ।१०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बागलुडमा बृहत र्याली आयोजना गरिएको छ ।उक्त र्यालीमा महिला अधिकार र उत्पीडन विरुद्ध शसक्त नारा लगाइएको थियो ।उक्त कार्यक्रममा बागलुड नगरपालिकाको मेयर जनक राज पौडेलले देशको विकासमा महिलाहरुको शक्ति ,मेहनत र लगनशिलतालाई प्रयोग गर्नुृ पर्ने विचार व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेल, नेपाल महिला संघ बागलुुडको सचिव उषा पौडेल ,अखिल नेपाल महिला सघं प्रगतिशिलका अध्यक्ष मञ्जु क्षेत्री ,अखिल नेपाल महिला सघंका अध्यक्ष यमुना राना ,चेलीबेटी संरक्षण केन्द्रका अध्यक्ष लक्ष्मी जिसी कार्की,अखिल नेपाल महिला संघ क्रान्तिकारीको अध्यक्ष कुशुम बुढा ,पत्रकार कोपिला कँडेल,कालिका महिला सहकारी संस्था लिमिटेडका अध्यक्ष पिङ्गला जिसी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

सो अवसरमा अस्मीता साप्कोटाले कविता र कुशुम बुढाथोकीले गीत प्रस्तुत गरेकी थिइन । ,कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष लक्ष्मी बास्कोटाले ,स्वागत प्रमुख प्रशासकिय अधिकृत भिमबहादुर कुँवर र संचालन बागलुड नगरपालिका महिला विकास निरीक्षक सरस्वती देवी रेग्मीले गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्