८ बैशाख २०८१, शनिबार

 

ब्रिटेनबाट भागेकी शमिमा बेगमको नवजात छोराको सिरियामा मृत्यु

ब्रिटेनबाट भागेर इस्लामिक स्टेट आईएस प्रवेश गरेकी शमिमा बेगमका नवजात छोरा जराहले सिरियामा ज्यान गुमाएका छन्।३ साता भन्दा कम उमेरका ति शिशुलाई निमोनियाको संक्रमण भएको बताइएको छ।यसअघि कुर्द लडाकुहरुको एउटा सैन्य क्याम्पमा देखा पर्दा उनी गर्भवती थिइन्।उनले बच्चा जन्माउन आफू ब्रिटेन फर्कन चाहेको बताएकी थिइन्। तर, ब्रिटेन सरकारले भने उनको नागरिकता रद्द गरिदिएको थियो।

बीबीसीले उत्तर पूर्वी सिरियामा नियन्त्रण राख्ने अमेरिका समर्थित सिरियन डेमोक्रयाटिक फोर्सेस (एसडिएफ) र उनी बसिरहेको सिरियाली शरणार्थी शिविरका चिकित्सकहरुसँग सम्पर्क गरेर शमिमाको नवजात छोराको मृत्यु पुष्टि गरेको छ।क्याम्प नजिकैको एक जेलमा रहेका बेगमका डच श्रीमानलाई समेत मृत्युको खबर सुनाइएको छ।

ब्रिटिस गृहमन्त्री साजिद जविदले उक्त खबरप्रति प्रतिकृया जनाउँदै उनकै शब्दमा ‘मर्माहत परिवारप्रति साहनुभुति मात्र दिनसक्ने’ बताएका छन्।यसअघि मन्त्री जविदले नागरिकता रद्दको विषय उनका सन्तानका हकमा भने लागु नहुने बताएका थिए।उनले भनेका थिए, “आमाबुवाका कारण बालबालिकाहरु प्रताडित हुनु भनेको बालअधिकार विरोधी काम हुनेछ।”

घटनाक्रम

सन् २०१५ शमिमा र उनका दुई स्कुले साथीहरु आईएस प्रवेश गर्न भन्दै लण्डनबाट भागेपछि उनीहरु सञ्चारमाध्यमको आँखामा परेका थिए।

शमिमा बेगमतस्वीर कपीराइटPA
Image captionसन् २०१५ शमीमा र उनका दुई स्कुले साथीहरु आईएस प्रवेग गर्न भन्दै लण्डनबाट भागेपछि उनीहरु सञ्चारमाध्यमको आँखामा परेका थिए।

शमिमाले यसअघि जन्माएका दुई शिशुलाई समेत बचाउन नसकेको बताएकी थिइन्।जराहलाई जन्माएपछि बीबीसीसँगको कुरा गर्दै शमिमाले भनेकी थिइन्- “सिरिया आएकोमा मलाई कुनै पछुतो छैन तर आइएसका सबैखाले काममा समर्थन जनाउन समेत समेत सकिंदैन।”

उनी आईएसको अन्तिम पडक क्षेत्र बगुजबाट निस्केर उक्त शिविरसम्म आएको बताइएको छ।सेभ द चिल्ड्रेनले पाँच वर्ष मुनीका ६० भन्दा बढि बालबालिकाहरुले ती क्याम्पहरुमा ज्यान गुमाइसकेका बताएको छ।र उसले ब्रिटेन सहितका मुलुकलाई ‘आफ्ना नागरिकहरुको जिम्मेवारी लिन’ आग्रह गरेको छ।

आईएस विद्रोहीको अन्तिम किल्ला स्थलको विशेष भिडिओ

प्रतिकृया

जराहको मृत्युको खबरसँगै ब्रिटेनकी छाया गृहमन्त्री डेनी अब्बोटले गृह मन्त्रालयको आलोचना गर्दै आफ्नो ट्वीट गरेकी छन्।”कसैलाई राज्यविहीन पार्नु अन्तर्राष्ट्रिय कानुन विपरितको काम हो। एउटी महिलाको नागरिकता खोसिंदा अहिले एउटा अबोध शिशुले ज्यान गुमाउनु पर्यो। यो निकै कठोर र अमानविय छ।”

बीबीसीको न्यूजलाईट कार्यक्रममा बोल्दै शमिनको पारिवारिक मित्र समेत रहेका लण्डन महानगरका एकजना पूर्व प्रहरी प्रमुख दल बाबुले भनेका छन्- “एउटा बालकको रक्षा गर्न राज्यको रुपमा हामी असफल भएका छौं।”

बीबीसीका आन्तरिक मामिला संवाददाता डेनियन स्यान्डफोर्ड भन्छन्- ‘राजनीतिक रुपमा कठिन’ भएता पनि उनका छोरालाई सिरियाबाट निकाल्न सकिने सम्भावना थियो।

शमिमा बेगमतस्वीर 
शमिमा र उनका दुई साथीहरु लण्डनबाट भागेर आइएसमा लागेसँगै प्रहरीले सार्वजनिक गरेको उनीहरुको शमिनका परिवारले त्यसको लागि गरेको आग्रहमा विदेश मामिला सम्बन्धी निकायले ‘त्यसमा आफूले सोच्न सक्ने तर त्यसको लागि सबैभन्दा पहिले शमिनको अनुमति चाहिने’ बताएको थियो।

किन उठ्यो बांग्लादेश पठाउने कुरा?

बेगमकी आमा बांग्लादेशी भएका हुनाले उनी पनि बांग्लादेशको नागरिक हुन योग्य रहेको र सोही कारण उनको नागरिकता रद्द गरिदिएको ब्रिटेनले जनाएको थियो।

बांग्लादेशको विदेश मन्त्रालयले त्यहाँको सरकार बेगमलाई ‘त्रुटिपूर्ण तवरले बांग्लादेशीको रूपमा चित्रित गरिएको’ भन्दै उनलाई देश भित्रिन दिने ‘प्रश्नै नउठ्ने’ जनाएको थियो।

ढाकाले एक विज्ञप्तिमार्फत् शमिमा बेगमले दोहोरो नागरिकता लिनका लागि बांग्लादेशसमक्ष कहिल्यै निवेदन नदिएको र उनले कहिल्यै बांग्लादेश भ्रमण नगरेको पनि जनाइएको छ।आतंकवाद तथा हिंसात्मक अतिवादप्रति बांग्लादेशले शून्य सहनशीलता अपनाउने गरेको पनि मन्त्रालयले उल्लेख गरेको थियो।बीबीसीनेपालीबाट

प्रतिक्रिया दिनुहोस्