११ बैशाख २०८१, मंगलवार

 

महिला हिंसा अन्त्य नभएसम्म सामाजिक परिवर्तन असम्भव

कमल पौडेल

बागलुङ । १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला तथा वालवालिका शसक्तिकरण केन्द्र बडिगाडको आयोजनामा “सामाजिक विकासमा महिलाको भूमिका” विषयक वक्तृत्व कला प्रतियोगीता सम्पन्न भएको छ। प्रत्येक वडाबाट एक/एक जना महिला सहभागि रहेको प्रतियोगीतामा वडा नं. २, खर्वाङकी गिता पोखरेल प्रथम, वडा नं. ६ खालकी रिता के.सि. द्धितिय तथा वडा नं. ३ शिसाखानीकी सरिता रोका भुजेल तृतिय भएकी छन् ।

कायक्रम उद्घाटन गर्दै बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले घरभित्रको उत्पिडनबाट महिला बाहिर निस्कन सक्ने वातावरण नभएसम्म सामाजिक परिवर्तन हुन गाह्रो हुने बताए। महिलाहरु घरेलु मदिराको कारण  शिकार भएको भन्दै पालिका प्रमुख पाइजाले गाउँपालिकाले नै कार्यक्रम गरेर मदिरा नियमन गर्न लागेको खुलासा गरे । पाइजाले धेरै घरेलु हिँसाको जड मदिरा भएको भन्दै त्यसको नियमनको लागि गाउँपालिका लाग्ने बताएका थिए।  महिलाहरु आर्थिक उपार्जनमा नजोडिएसम्म विभेद कायम रहन सक्ने भएकोले कुनै न कुनै उपायबाट महिलाहरु आर्थिक उपार्जनमा जोडिनुपर्ने बताए ।

कार्यक्रममा बडिगाड गाउँपालिकाका उपाध्यक्ष अम्मर वहादुर श्रीस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला सचिवालय सदस्य राजिव घिमिरे, बडिगाड गाउँपालिका वडा नं. ६ का अध्यक्ष मौसमकाजी क्षेत्री, वडा नं. ७ का अध्यक्ष कृष्ण गुरुङ, वडा नं. २ का कार्यवाहक अध्यक्ष हिमा खरेल, नेकपाका जिल्ला सदस्य जिवन कुँवर, नेपाली काँग्रेसका जिल्ला सदस्य सरस्वती आचार्य, राष्ट्रिय जनमोर्चाका रुनमाया थापा, भानु माविका प्रधानाध्यापक केशव खरेल, रेडियो सारथीका स्टेशन म्यानेजर कमल पौडेल, ब्रह्मकुमारी इश्वरीय विश्व विद्यालय खार शाखाका संचालिका सुनन्दा दिदि, बडिगाड युवा मञ्चका अध्यक्ष ढालेन्द्र शेरचन, वडा नं. ७ का महिला संयोजक सुमित्रा घिमिरे लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम बडिगाड महिला तथा बालवालिका शसक्तिकरण केन्द्रका अध्यक्ष विना थापाको अध्यक्षता, सह सचिव सन्तोषी सापकोटा खरेलको स्वागत मन्तव्य तथा सचिव माया केसिको संचालनमा सम्पन्न भएको थियो।

“लैङ्गिक समानताको लागि समान सोंच र व्यावहार, समृद्धिको आधार”, भन्ने नारा सहित भएको कार्यक्रममा बोल्ने वक्ताहरुले महिला शसक्तिकरणको लागि चेतना अभिवृद्धिका कार्यक्रम संचालन गर्न सुझाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्