८ बैशाख २०८१, शनिबार

 

नायक आर्यन सिग्देल बाबु बन्दै, श्रीमतीसँगका रोमान्टिक ६ तस्बिर

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका चकलेटी नायकका रुपमा परिचित आर्यन सिग्देल बैबाहिक जीवनमा बाँधिएको चार वर्षपछि अब चाँडै पिता बन्दैछन् । करिब चार वर्ष अघि आफ्नी प्रेमीका सपना भण्डारीसँग बिहे गरेका उनी बैशाखमा बाबु बन्न लागेका हुन् भने उनले यो खुसी तस्वीरमा समेत पोखेका छन् ।

आइतबार आर्यनकी पत्नी सपनाले सामाजिक सञ्जालमार्फत केही ‘बेबी बम्प’ तस्बिरहरू पोस्ट गर्दै आफ्नो सन्तान यसै नयाँ वर्ष अर्थात २०७६ बैशाखमा जन्मिने बताएकी छिन् । सपना विवाह अगाडि अभिनेता आर्यनकी फ्यान थिइन् ।त्यसपछि उनि आर्यनकी प्रेमिका हुँदै श्रीमती बनिन् । साथै अब उनी चाँडै आमा पनि बन्दै छिन् ।

प्रतिक्रिया दिनुहोस्