१३ बैशाख २०८१, बिहीबार

 

ममता बाल पाठशालामा सामुदायिक पुस्तकालय स्थापना

बागलुङ । ममता बाल पाठशालामा समुदायिक पुस्तकालय स्थापना भएको छ । आइतबार बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले उक्त पुस्तकालयको उद्घाटन गरेका हुन् ।

पुस्तकालय ज्ञानको भण्डार भएकाले भण्डारलाई खुल्ला गराउने योजना बनाएकोमा आफूलाई खुसि लागेको उनले बताए । उनले भने ज्ञान, विवेकबाट नै विश्व परिर्वतन गर्न सकिन्छ । त्यसैले यसको सदुपयोग अब नगरबासीले गर्नुपर्नेपर्छ ।

ममता बाल पाठशालाले समुदायका लागि नै पुस्तकालयको स्थापना गर्नु आफैमा गौरवको कुरा भएको भन्दै पाठशालाको प्रशंसा गरे । पाठशालाले जिल्लाभरीका विद्यालयहरुमा हरेक हप्ता पुस्तक पु¥याउने गरी आफूहरुले योजना बनाएको विद्यालयका प्रिन्सिपल अर्जुन खत्रीले बताए । हामी यसलाई बुवा शम्शेरजंग खत्रीको स्मृतिमा स्थापना गरेका हौं यसलाई समुदायिक पुस्ताकलायका रुपमा आफूहरुले विस्तार गर्न लागेको उनकाे भनाइ  थियाे ।

ममता पाठशालामा अहिले युकेजीसम्म पढाइ हुने गरेको छ । विद्यालयले विद्यार्थीहरुलाई किताबी ज्ञानभन्दा पनि प्रयाेगात्मक शिक्षा दिने गरेको प्रिन्सिपल खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्