१३ बैशाख २०८१, बिहीबार

 

जिनेदिन जिदान रियल मड्रिड फर्कने सम्भावना

स्पेनिश मिडियाका मार्काका अनुसार रियल मड्रिडले जिनेदिन जिदानलाइ म्यानेजरको रुपमा नियुक्तिको घोषणा छिट्टै गर्ने सम्भावना रहेको छ।
जिदानले गत साल मे मा रियल छाड्नुपुर्व लगातार तीन सिजन च्याम्पियन्स लिग उपाधि जिताएका थिए। जिदान पछि रियलको जिम्मेवारी स्पेनका पुर्व प्रशिक्षक जुलेन लोपेटेगुइले सम्हालेका थिए तर अक्टोबरमा उनलाइ क्लबले पदमुक्त गरेर सोलारिलाइ नयाँ म्यानेजरको रुपमा नियुक्त गरेको थियो।

जिदान पहिलो पटक रियलको म्यानेजरको रुपमा जनवरी २०१६ मा नियुक्त्त भएका थिए र उनी तीन सिजन लगातार च्याम्पियन्स लिग जित्ने इतिहासकै पहिलो म्यानेजर बनेका थिए।

जिदानले मङगलबार देखिनै जिम्मेवारी सम्हाल्न सक्ने प्रबल सम्भावन्ना रहेको छ।

एजेन्सिको सहयोगमा

प्रतिक्रिया दिनुहोस्