८ बैशाख २०८१, शनिबार

 

चैत ८ बाट कोरियन भाषा परीक्षा आवेदन खुल्दै, बैंकमा लाइन बस्नुनपर्ने (सूचनासहित)

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तरगत सन् २०१८ को कोरियन भाषा परीक्षाको आवेदन फारम आगामी चैत्र ८ गतेदेखि खुला हुने भएको छ । चैत १७ गतेसम्म ईपीएस परीक्षाको आवेदन फारम भर्न सकिनेछ ।

१८ वर्ष पुरा भएर ३९ वर्ष ननाघेकाले कोरियन भाषा परीक्षका लागि आवेदन दिन सक्नेछन् । यो पटक पनि अनलाइनबाटै फारम भर्ने सुविधा दिइने छ ।

वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस कोरिया शाखाले सुरुआत दिनमा हतारिएर फारम भर्नका लागि बैंकमा रकम तिर्न लाइन नबस्नु सुझाव दिएको छ ।

यसवर्षबाट आईएमई-पे र ईसेवाबाट पनि २४ डलर बराबरको शुलक भुक्तानी गर्न सकिने छ । पछिल्ला दिनहरुमा बैंकमा रकम तिर्नेहरु कम हुँदै जाने भएकाले धैर्य गर्न परीक्षार्थीलाई शाखाले अनुरोध गरेको छ ।

रोजगारीका लागि आकर्षक गन्तव्य भएका कारण धेरै आवेदन पर्ने गरेको छ । रकम जम्मा गरेको कोड राखेपछि मात्रै अनलाइन फारम भरेर ‘सब्मिट’ गर्न सकिनेछ । साथै मेसिन रिडेबल पासपोर्ट (एमआरपी) अनिवार्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस्