७ बैशाख २०८१, शुक्रबार

 

भुटानविरुद्ध नेपालको सानदार जीत

काठमाडौं । विराटनगरमा मंगलबारदेखि शुरु भएको महिला साफ च्याम्पिनसीप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपालले जीत हात पारेको छ । भुटान सँग प्रतिसपर्धामा रहेको नेपालले ३–० को अन्तरले जीत हात पारेको हो ।


विराटनगरको सहिद रंगशालामा भएको खेलमा पहिलो हाफमा नेपालले २–० को अग्रता बनाएको थियो । भुटानविरुद्ध शुरुवात देखिनै आक्रम खेल खेलिरहेको नेपालले १३ औँ मिनेटमा मन्जली कुमारी योन्जनको गोलबाट अग्रता लिएको थियो । खेलको लगत्तै १६ औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै अग्रता २–० बनाइएकी थिइन् ।
दास्रो हाफको ५४ मिनेटमा नेपालकी निरु थापाले नेपालका लागि तेस्रो गोल गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्