७ बैशाख २०८१, शुक्रबार

 

भारतबासीका लागि १२ मार्च गान्धीलाई स्मरण गर्ने दिन

१२ मार्च भारतको इतिहासमा ऐतिहासिक दिन हो । वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अझै लडाइको मोर्चामा रहेको उद्घोष गरेर गान्धी र १२ मार्चलाई स्मरण गरे ।  दक्षिण अफ्रिकाको २१ बर्ष बसाईपछि सन् १९१५ मा गान्धी भारत फर्किएका थिए । त्यसको २ बर्षपछि सन् १९१७ मा उनले भारतमा पहिलो सत्याग्रह गरे । ‘तीन कठिया’ कर बिरुद्धको सत्याग्रह , चम्पारण सत्याग्रह नामले परिचित छ । याे सत्याग्रहले दक्षिण अफ्रिकामा जस्तै ब्रिटीश सरकारलाई झुकाइदियो ।

– सञ्जय पन्थी

उक्त सत्याग्रहको सफलतासँगै भारत स्वतन्त्र हुनेछ, भन्ने विश्वास गान्धीले प्राप्त गरे । साथै उनले सरकार विरुद्ध असहयोगको नीति अपनाए । शान्तिपूर्ण र अहिंसात्मक तरिकाबाट व्रिटिश सरकारलाई खुलेआम चूनौति दिए । दक्षिण अफ्रिकाबाट फर्किएपछि भारतमा गरिएको पहिलो चम्पारण सत्याग्रहले उनलाई जनजनमा परिचित गरायो । त्यस सत्याग्रहले नमक सत्याग्रहका लागि उनलाइ उत्साहित पनि बनायो ।  भबिष्यको संकेत गर्दें त्यसबखत उनले भनेका थिए । देश आजाद नभएसम्म हामी शान्तिसँग बस्दैनौं र सरकारलाई पनि चैनसँग बस्न दिदैनौं ।

सन् १९३० को मार्च ११ तारिखका दिनको साँझको प्रार्थना सभामा १० हजार सर्वसाधारणको उपस्थिति थियो । त्यो प्रार्थना नै गान्धीजीको लागि त्यस आश्रमको अन्तिम सन्ध्याकालिन प्रार्थना बन्न पुग्यो । भोलिपल्ट १२ मार्चका दिन ‘दाण्डी मार्च’ को नेतृत्व गर्दै निस्किए । त्यस बखत गान्धीले भारत स्वतन्त्र नभएसम्म अब यहाँ फर्किने छैन भन्ने, सार्वजनिक रुपमा कसम नै खाए ।

सत्याग्रहमा सहभागी हुने मुख्य सत्याग्राही ७९ जना थिए । मुख्य सत्याग्राही मध्ये २ जना नेपाली थिए । खड्ग बहादुर (विष्ट)गिरी र महाबीर गिरी । सहभागी सत्यग्राही भारतका सबै प्रान्तका जाति र समुदाय थिए । सत्याग्रहमा सहभागी मध्ये धेरै गुजरातीहरु नै थिए । दुइ मुसलमान एक इसाई धर्मावलम्बी थिए । सन् १९३० मार्च १२ गते सावरमती आश्रमबाट शुरु भएको यात्रा ५ अप्रिल १९३० मा डांडी पुग्ने निर्धारित कार्यक्रम थियो । सरकारलाई चूनौति दिदै उनले यात्रा शुभारम्भ गरेका थिए । त्यस बखत यो पनि भनेका थिए, “सरकारले मलाई गिरफ्तार किन नगरोस् यो यात्रा टुंगिने छैन ।”

”सत्याग्रहमा सहभागी हुने मुख्य सत्याग्राही ७९ जना थिए । मुख्य सत्याग्राही मध्ये २ जना नेपाली थिए । खड्ग बहादुर (विष्ट)गिरी र महाबीर गिरी । सहभागी सत्यग्राही भारतका सबै प्रान्तका जाति र समुदाय थिए ।”

यात्राका क्रममा नजिकैको एक गाउँमा पुग्दा त्यहाँ कसैको हातमा चर्खा नदेख्दा दुःख व्यक्त गरेका थिए । उनले सर्वसाधारणसँग अनुरोध गर्दै भनेका थिए, “यदि स्वतन्त्रता पाउनु छ, भने अब निद्राबाट ब्यूँझिन आवश्यक छ । यदि यस्तो बेलामा पनि जनता नजाग्ने हो भने अंग्रेजहरुले अझै लुट्ने छन् ।” त्यस ४ सय किलोमिटरको यात्राको मार्गमा सहभागी र रमितेको ठूलो उपस्थिति रहन्थ्यो । योजनाबद्ध उक्त यात्रा कुन दिन कति बेला कहाँ पुग्ने भन्ने सबै पूर्वनिर्धारित कार्यक्रम थियो । त्यसैे यात्रामा सहभागी हुन चाहने र हेर्न चाहनेहरु बाटा घण्टौंसम्म लाम लागेर बसेका हुन्थे ।

उनीहरुलाई गान्धीको सन्देश हुन्थ्यो, “विचार, शब्द र कार्य पवित्र हुनु आवश्यक छ ।” त्यसका लागि चर्खाबाट सूत कात्, खादीका कपडा लगाउ, शराब नखाऊ । सामाजिक कुरीति हटाऔं, संगठित हुन सिक, शान्ति र अहिंसाको पालन गर । नमक कानुन तोड्नका लागि तयार भएर बस । उनले सामान्य तरिका दिएका यी शब्दलाई मनन् गर्दै, पालना गर्ने सर्वसाधारणको ठूलो संख्या थियो । योजनाबद्ध त्यस ‘दांडी मार्च’ सन् १९३० मार्च १२ मा शुरु भएर अप्रिल ६ तारिख (२४ दिन) मा सम्पन्न भएको थियो । त्यस यात्रा भारतवासीको मात्र नभएर संसारका धेरै देशको ध्यान आकर्षित गरेको थियो ।

योजनाबद्ध त्यस ‘दांडी मार्च’ सन् १९३० मार्च १२ मा शुरु भएर अप्रिल ६ तारिख (२४ दिन) मा सम्पन्न भएको थियो । उक्त यात्राले भारतवासीको मात्र नभएर संसारका धेरै देशको ध्यान आकर्षित गरेको थियो । भगवानकाे कृपा भयो भने आफ्नो साथीहरुसँग भोलि बिहान ६ बजेर ३० मिनेट जाँदा अवज्ञा आन्दोलनको आरम्भ गर्नेछु ।” सन् १९१९ देखि अप्रिल ६ तारिख (जालियावाला वाग काण्डपछि) शहीदलाई संझिएर आत्मशुद्ध गर्ने दिन भएको छ । त्यसैले पनि भोलि ‘नमक कानुन’ उल्ङघँनसँगै व्रत र विशेष प्रार्थना हुने जानकारी गान्धजीले अघिल्लो दिनै गराएका थिए ।

“मलाई यस निरंकुश शक्तिका विरुद्ध अधिकारका लागि गरिएको संघर्ष सफल बनाउन सारा संसार भरको सहानुभूती चाहिएको छ ।” गान्धीले दाण्डी पुगेपछि भनेका थिए । दाण्डी गान्धीजी पहिले नै पुगेको स्थान भएपनि धेरै सहभागीका लागि त्यो समुद्री तट नयाँ स्थल भएको थियो । गान्धीजीको अनुमतिमा केही सहभागी नजिकैको समुद्र तटमा घुमफीरमा रमाएका थिए । गान्धीजी बसेको घरमा सुरक्षाकर्मीले सुरक्षा दिईरहेका थिए, स्थिति शान्तिपूर्ण नै थियो ।

 भगवानकाे कृपा भयो भने आफ्नो साथीहरुसँग भोलि बिहान ६ बजेर ३० मिनेट जाँदा अवज्ञा आन्दोलनको आरम्भ गर्नेछु ।” सन् १९१९ देखि अप्रिल ६ तारिख (जालियावाला वाग काण्डपछि) शहीदलाई संझिएर आत्मशुद्ध गर्ने दिन भएको छ । त्यसैले पनि भोलि ‘नमक कानुन’ उल्ङघँनसँगै व्रत र विशेष प्रार्थना हुने जानकारी गान्धजीले अघिल्लो दिनै गराएका थिए ।

६अप्रिल सबैको प्रतीक्षाको दिन भएको थियो । त्यसदिन बिहान दाण्डीमा बसेको घरबाट निस्किएर केही पर समुद्री तटमा पुगेर सिढी झर्दै गर्दा उपस्थित लाखौंले हर्ष स्वरुप जय जय …. गर्दै स्वागत गरेका थिए । त्यसरात दाण्डी गाउँ पुरै जागा बसेको थियो । एकातिर सरकारद्वारा परिचालन गरिएका सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो भने, अर्काेतिर भारतवासीका प्रिय नेता गान्धीजी सहितको सत्याग्राही त्यहाँ पुगेको दिन थियो ।

समुद्र तटमा स्नानका लागि पुगेका गान्धीजीले सबैका सामु डुबुल्की मार्दैै केहीबेर समुद्रमा तैरिरहे । स्नानपछि पहिले नै तय भएको स्थानमा आएर छरप्रष्ट फिजिएको सरकारी सेनाले माटोले छोपिदिएका थिए । निर्धारित स्थानमा पुगेर छोपिएको नुन खोस्रिदै गान्धीले नमक कानुनको खिलाफमा एक मुठ्ठी नुन उठाए । त्यो क्षण आफैमा रोमाञ्चक थियो । फोटो ग्राफरहरुले उक्त क्षण कैद गरेर संसार भर उनको सफलतालाई प्रकाशन–प्रशारण गरिदिए ।

बहु प्रतिक्षित त्यस क्षणमा गान्धीजीको चेहेरा शान्त, सौम्य र स्तब्ध थियो । आफूले उठाएको मुठ्ठीको नुन देखाउँदै उनी स्थिर भएका थिए । भारतको स्वतन्त्रता संग्रामका लागि गान्धीजीले उठाएको एक मुठ्ठी नुन एउटा प्रतिकात्मक प्रतिक मात्र थियो । गान्धीजीले प्रतिबन्धित कानुनको उल्ङघन गर्दै प्रतिकात्मक रुपमा नुन उठाएपछि ५६ स्वयँम्सेवकले त्यस तटमा छोपिएको अवस्थामा फिजारिएको नुन थैला–थैलामा उठाएका थिए । त्यति बेलासम्म सबै काम पूर्वयोजना अनुसार व्यवस्थित तरिकाबाट सम्पन्न भयो । त्यस बिहान करिब ५सय किलो नुन संकलन गरिएको भएपनि दिउँसो पुलिसले संकलित नुन जफत ग¥यो । कानुन तोडिएकोले पनि सर्वसाधारण पुलिसले जफ्त गरेको नुन खोसेर बाँडेर लैजान सफल भए ।

नुन उठाएर कानुनको उल्ङघन गरेपछि गान्धीजी आफ्नो निवासमा फर्किए । निवास पुगेर प्रेस विज्ञप्ती जारी गरे । उक्त बिज्ञप्तीमा “भारतवासी जहाँबाट पनि नुन उठाएर कानुनको उल्ङघन गर्न सक्नेछन्, समुद्री तटमा गएर नुन बनाउन अब सबैलाई छुट छ ।” भन्ने थियो ।

‘नमक कानुन’ को उल्लंघनपछि सविनय अवज्ञा आन्दोलन गुजरातमा सशक्त रुपमा फैलियो । कैयौं सत्याग्राही नेता र कार्यकर्तालाई गिरफ्तार गरियो । गान्धीजीले गिरफ्तार हुनेहरुलाई बधाई दिए । “कैद र प्रतिबद्धता आन्दोलनका परिक्षा हुन् त्यसैले सत्याग्राहीले त्यसको अनुभव गर्न आवश्यक रहन्छ ।” त्यसबखत गान्धीजीले “एक अहिंस्रक मानिसले उठाएको एक मुठी नुन भारतको सम्मानको प्रतिक हो । हातबाट नुन नखसाल्नु चाहे हात किन नकाटियोस् । तर यो सबै काम आवेगमा नआईकन अहिंसात्मक तवरबाट गरिनुपर्छ ।” भनेका छन् ।

‘नमक कानुन’ को उल्ङघन भएपछि पनि गान्धीजी केही दिन दाण्डी नैं बसेका थिए । १३ अप्रिलका दिन दाण्डीमा महिला भेलालाई सम्बोधन गान्धीजीले त्यस मार्चमा जस्तै राष्ट्रिय आन्दोलनमा महिलाहरुलाई उच्च सहभागिता जनाउन आग्रह गरेका थिए । गान्धीजीको बोली आग्रहको त्यसबेला ठूलो प्रभाव रहन्थ्यो । त्यसको केही दिनपछि गान्धी ५ मई १९३० मा गान्धी गिरफ्तारमा परे ।

”त्यसबखत गान्धीजीले “एक अहिंस्रक मानिसले उठाएको एक मुठी नुन भारतको सम्मानको प्रतिक हो । हातबाट नुन नखसाल्नु चाहे हात किन नकाटियोस् । तर यो सबै काम आवेगमा नआईकन अहिंसात्मक तवरबाट गरिनुपर्छ ।” भनेका छन् ।”

उनको गिरफ्तारीले आन्दोलनलाई थप उचाइमा पु¥यायो । उनको गिरफ्तारीमा देशभर आन्दोलन भएपछि ब्रिटिश सरकारले गोलमेज सम्मेलनका लागि सन् १९३१ मा गान्धीलाई लण्डन डाक्यो । नमक सत्याग्रहले नै भारतबासीलाई बाल गंगााधर तिलकले भन्ने गरेको ‘स्वराज्य हाम्रो जन्मसिद्ध अधिकार’ भन्ने नाराले जीवन पायो । भारतमा स्वतन्त्रता संभव छ, भन्ने कुरा नमक सत्याग्रहले भारतबासीका मनमा संचार गरिदिएको हो । आजपनि भारतवासीले गान्धीलाई स्मरण गरिरहँदा उनले चलाएका अभियानलाई स्मरण गर्ने गरेका छन् । त्यसैले १२ मार्च भारतवासीले स्मरण गर्ने दिन भएको हो ।

प्रतिक्रिया दिनुहोस्